मालीमा सबै राजनीतिक दल प्रतिबन्धित « Khabarhub

मालीमा सबै राजनीतिक दल प्रतिबन्धित


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ । मालीमा सन् २०२० देखि सैन्य हुन्टाले शासन गरिरहेको छ ।

गत महिना आयोजित राष्ट्रिय सम्मेलनले सैन्य नेता जनरल अस्सिमी गोइटालाई सन् २०३० सम्म राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त सम्मेलनलाई विपक्षी पार्टीहरुले बहिष्कार गरेका थिए ।

राष्ट्रपति गोइटाले आदेश जारी गर्दै सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । बीबीसीका अनुसार गत वर्षदेखि माली सरकारले राजनीतिक दलमाथि दमन बढाएको थियो ।

गत साता मालीमा लोकतन्त्रको समर्थनमा आयोजित प्रदर्शनमा बन्दुकधारीको समूहले दुई जना विपक्षी नेतालाई नियन्त्रणमा लिएको थियो । ती बन्दुकधारीले आफूलाई प्रहरी अधिकारी बताएका थिए ।

विपक्षी नेतालाई बन्दुकधारीले नियन्त्रणमा लिइएको विषयमा सरकारले कुनै टिप्पणी गरेको छैन । सेनाले सत्तापलट गरेपछि लोकतान्त्रिक निर्वाचनको माग गर्दै आएका राजनीतिक दलले यस निर्णयको तीव्र प्रतिरोध गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ०९ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात