जलवायु परिवर्तनले मानवको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री   | Khabarhub Khabarhub

जलवायु परिवर्तनले मानवको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री  


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै नभएर भविष्य नै खतरामा पार्दै गएको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्‌घाटन सत्रमा उनले यस्तो बताएकी हुन् । 

‘जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ,’ मन्त्री राणाले भनिन्, ‘यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको छ ।’ जलवायु परिवर्तनको विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै एउटामात्रै देशको प्रयास पर्याप्त नभएको भन्दै उनले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो औँल्याइन् ।
 
सामूहिक प्रयासको सुरुवात सगरमाथा संवाद भएको भन्दै मन्त्री डा. राणाले सगरमाथा संवाद ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित रहेको बताइन् । यो आदर्श वाक्यले बहस र संवादको भावना र फरक विचार तथा दृष्टिकोणको आदानप्रदानमार्फत् सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्ने राणाको भनाइ थियो ।

उनले संवादले प्रतिविम्ब र आत्मनिरीक्षणको लागि अवसर प्रदान गर्दछ भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताइन्।  

जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण जोखिममा रहेको भन्दै मन्त्री राणाले इमानदार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्न सक्ने भएकाले समयमै सबैले सोच्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ११ : ०५ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप