हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन | Khabarhub Khabarhub

हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ हिट बनेको छ । निर्माण पक्षले दाबी गरेको पहिलो साताको ग्रस कलेक्सनले फिल्म हिट बनेको देखिन्छ ।

वैशाख २६ बाट प्रदर्शनमा आएको फिल्म यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा यस फिल्मले पाँच करोड ७५ लाख ग्रस कलेक्सन गरेको फिल्म निर्माण कम्पनी आर्टमाण्डूले दाबी गरेको छ ।

यो शुक्रबार दुई फ्रेस फिल्म ‘हेल्लो काँसीराम’ र ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनमा आएका छन् । तथापि ‘ऊनको स्वीटर’ले आज पनि करिब दुई सय शो पाएको निर्माण पक्षको दाबी छ ।

नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर यस फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसको प्रभाव ग्रस कलेक्सनमा देखिएको हो ।

वि.सं २०८१ सालमा लगातार विपीनका दुई फिल्म ‘तेल भिसा’ र ‘कर्मा’ फ्लप भएका थिए । ‘ऊनको स्वीटर’को व्यापार निराशजनक भएको अवस्थामा विपीनले फ्लप फिल्म दिनमा ह्याट्रिक हान्ने देखिन्थ्यो ।

लेखक तथा निर्देशक चाहौनलले विपीनलाई ह्याट्रिक हान्नबाट जोगाएका छन् ।

यो फिल्म ०८२ को पहिलो हिट फिल्म बनेको छ । गत फागुनमा प्रदर्शनमा आएको ‘अञ्जिला’ यता कुनै पनि फिल्मले लगानी पनि सुरक्षित गर्न सकेका थिएनन् ।

‘अञ्जिला’ प्रदर्शनमा आएपछि अर्थात् दुई महिनाको अवधिमा दर्जनबढी फिल्म हलमा लागे । सबैको व्यापार निराशजनक थियो ।

०८२ सालको पहिलो हिट फिल्म दिने निर्देशक चौहान बनेका छन् भने नायकमा विपीन कार्की र नायिकामा मिरुना रहेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ५९ बजे

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा

अन्तरिम सरकारको रिपोर्ट कार्ड : एक महिनामा के गर्‍यो, के गरेन ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले

एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई

अफगान-पाक युद्धविराम : असहजताबीच सर्वसाधारण घर फिर्दै

काठमाडौं- अफगानिस्तान र पाकिस्तानबीच भएको घातक झडपपछि बिहीबार युद्धविराम लागू

कांग्रेस बैठक शुक्रबार पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि