काश्मीर तनावको असर मैदानमा : धेरै विदेशी खेलाडीको अनुपस्थितिमा आईपीएल | Khabarhub Khabarhub

काश्मीर तनावको असर मैदानमा : धेरै विदेशी खेलाडीको अनुपस्थितिमा आईपीएल


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काश्मीरको सीमामा उत्पन्न तनावका कारण यस सिजनको आईपीएल धेरै प्रभावित भयो। रोकिएको आईपीएल शनिबार सुरु हुँदै छ। यो बीचमा धेरै टोलीले आफ्ना खेलाडीलाई घर फिर्ता गरिसकेको थिए। खेल हुने भएपछि केही खेलाडी भारत फर्किएका छन्। केही टोलीले भने खेलाडी गुमाउने छन्।

यसरी आईपीएल एक साता ढिलो भएपछि यसले अन्तर्राष्ट्रिय खेल तालिकामा असर परेको छ। धेरै खेलाडीले आईपीएल गुमाउने छन्। दक्षिण अफ्रिकी खेलाडी प्ले अफका लागि उपलब्ध हुने छैनन्। सायद दक्षिण अफ्रिकासँग नै टेस्ट च्याम्पियनसिपको फाइनल खेल खेल्ने अस्ट्रेलियाले पनि सबै खेलाडीलाई आईपीएलमा मौका नदिन सक्छ।

जोस हजेलउड घाइते भएका छन्। पन्जाबका जोस इङ्लिस, मार्कस स्टोनिस र आरोन हार्डीको उपस्थितिमा नै शङ्का छ। यस सिजनको आईपीएलमा उपाधिको दाबेदार रहेको गुजरात टाइटनका जोस बटलर लिग चरणमा टोलीमा रहने छन् भने प्ले अफमा उनलाई कुसल मेन्डिसले प्रतिस्थापन गर्ने छन्।

यसैगरी, कासिगो रबाडा पहिलो चरणमा समावेश हुने छन्। रसिद खान, करिम जनत, दसुन सनाका र गेराल्ड कोयट्जे भने रहने छन्। सेरफाने रुदरफोर्ड पनि पुरै समय रहने भएका छन्।

रोयल च्यालेन्जर बंगलोरुका फिल साल्ट र ज्याकोब बेथेल लिग चरणमा मात्र खेल्ने छन्। टिम डेभिड लियाम लिभिङस्टोन पहिलो चरणमा रहे पनि प्ले अफमा उनीहरुको खेल अनिश्चित छ। यसैगरी नुवान थुसाराले पुरै समय टोलीमा बिताउन पाउने छन्। रोमारियो सेफर्ड भने पुरै समय रहने भएका छन्। हजेलउडले भन गुमाउने छन्।

पन्जाबका माइकल ओवेन, अज्मुतुल्लाह ओमारजाइ र मार्को जेन्सन पनि पहिलो चरणमा सहभागी हुने छन्। मुम्बई इन्डियनमा पनि खेल सरेपछि यसले केही असर गरेको छ। पहिलो चरणमा खेल्ने विल ज्याक्सलाई प्ले अफमा जोनी वारिस्टले प्रतिस्थापन गर्ने छन्।

पहिलो चरणमा खेल्ने रेन रिकेल्टनलाई प्ले अफमा रिचर्ड रिक्लेसनले प्रतिस्थापन गर्ने छन्। बेभन ज्याकोब्स र कबरबिन बस्क पनि पहिलो चरणको समाप्तिसम्म रहने छन्। माइकल सान्टनर, ट्रेन्ट बोल्ट, रिस टोप्ली र मुजिब उर रहमान भने टोलीमा यथावतै रहने छन्।

दिल्ली क्यापिटलका ट्रिस्टियन स्टब्सले पहिलो चरणमा सहभागिता जनाए पनि प्ले अफमा उनको उपस्थिति रहने छैन। प्ले अफमा फाफ डु प्लेसिस, दशरथ चामेरा र सेदुकुल्ला अटल रहने छन्।

आगामी खेलमा माइकल स्टार्क रहने छैनन् भने ज्याक फ्रेजर म्याक गुरुकलाई मुस्ताफिजुर रहमानले प्रतिस्थापन गर्ने छन्। कलकताका आन्द्रे रसेल, सुनिल नारायण, क्विन्टन डी कक, स्पेन्सर जोन्सन, रहमुलाल्लाह गुरबाज र एन्रिच नोर्तजे भने अन्तिमसम्म टोलीमा रहने छन्। मोइन अली र रभमन पावेल भने टोलीमा रहने छैनन्।

लखनउका आइडन म्याक्रम पहिलो चरणमा मात्र सहभागी हुने छन्। मिचेल मार्स, निकोलास, पूरण, डेभिड मिलर, म्याथ्यु ब्रेट्जके र विल ओ राउरके पनि टोलीमा छन्। राउरकेले अन्तिम समयमा चोटग्रस्त मायंक यादवलाई प्रतिस्थापन गरेका हुन् ।

सनराइजर्स हैदरवादलाई भने समय तालिका फेरिएका कारण धेरै असर गरेको छैन। प्याट कुमिन्स, ट्रेभिस हेड, हेन्रिक क्लासपन, कामिन्डु मेन्डिस र इसान मालिङ्गा टोलीमा छन्। विषय मल्डर टोलीमा रहने छैनन्।

राजस्थानका सिम्रन हटमायर, लुवान डे प्रेटेरियस, फजाल हक फारुकी, क्वेन मापाखा, वानिन्दु हर्साङ्गा र महेश थक्सेना टोलीमा छन्। जोफ्रा आर्चर र नान्द्रे बर्गर टोलीमा छैनन्।

चेन्नाई सुपर किङका नुर अहमद, मथिसा पाथिरना, डेवाल्ड ब्रेभिस र डेभिड कोनवे टोलीमा रहने छन्। जेमी ओभरटन, साम कुरान, रचिन रवीन्द्र भने बाँकी खेलका लागि उपलब्ध हुने छैनन्।

अहिलेसम्मको समीकरणलाई हेर्ने हो भने गुजरात टाइटान, बंगलोर, पन्जाब, मुम्बई र दिल्ली मध्यको ४ टोलीमा नै प्ले अफ प्रवेश गर्ने सम्भावना प्रबल छ। यस अवस्थामा छैटौँ स्थानमा रहेको कलकताका लागि प्ले अफ प्रवेश असम्भव त होइन। तर पनि अव्यवहारिक देखिएको छ। चौथो स्थानमा रहेको मुम्बई र छैटौँ स्थानमा रहेको कलकता दुवैले १२ खेल खेलेका छन्। मुम्बई को १४ तथा कलकताको ११ अङ्क छ। पाँचौँ स्थानमा रहेको दिल्लीले ११ खेल मात्र खेलेको छ। दिल्लीको पनि १३ अङ्क छ।

केही दिनको स्थगनपछि बंगलोरु फेरि मैदानमा उत्रँदै छ। सन् २०१६ मा उपविजेता भएको बंगलोरु त्यसपछि पहिलो पटक शीर्ष दुईमा रहँदै लिग चरणको यात्रा अन्त्य गर्न चाहन्छ।

टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेपछि पहिलो पटक विराट कोहली ब्याटिङ गरिरहेका छन्। सायद सीमित ओभरको खेलमा पनि लामो समय कोहली सक्रिय नहुन सक्छन्। यसै सम्भावनाका कारण धेरैको चासो कोहली प्रति अझ बढी छ। अहिले गुजरात र बंगलोर दुवै दोस्रो चरण प्रवेशका लागि एक जितबाट टाढा छन्। दुवैको १६ अङ्क छ। तीन खेल बाँकी छन्।

पन्जाब र दिल्ली क्यापिटलका धर्मशालामा भएको खेल १०.१ ओभरपछि रोकिएको थियो। सो खेलको रन र विकेट खेलाडीको नाममा नजोडिने भएको छ। सो खेल अब २४ मेका दिन जयपुरमा हुनेछ। त्यसै स्थानमा जयपुरले लिग चरणका बाँकी खेल खेल्ने छ।

गुजरात र बंगलोरुका लागि केही खेलाडीको अनुपस्थिति पहिलो चरणमा असर नगर्न सक्छ। तथापि बीचमा रोकिनु र प्ले अफमा केही महत्त्वपूर्ण खेलाडी नहुनुको असर पर्न सक्ने छ। दिल्लीका लागि पहिलो चरणमा म्याक गुरुकको अनुपस्थितिको असर नपर्न सक्छ। यस सिजन उनले अपेक्षाकृत कमजोर प्रदर्शन गरे। त्यसो त मिचेल स्टार्कले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। पहिलो चरण पार गरे पनि प्ले अफमा स्टब्स नभए पछि यसको असर दिल्लीलाई पर्न सक्ने छ। स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : १० बजे

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै