वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला पक्राउ « Khabarhub

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला पक्राउ


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लाजिम्पाटस्थित शिखर ईन्टरनेशनल म्यानपावरमा काम गर्ने तार्केश्वर नगरपालिका–२ की ३७ वर्षीया पद्मा जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार प्रहरीमा डिमाण्ड छ भन्दै जोशीले एकजनासँग ६ लाख ठगेकाे सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनले मासिक तलब ६ हजार रियाल तलब हुने भन्दै आफ्नो बैंक खातामा करिब ६ लाख रुपैयाँ जम्मा लगाएकाे पीडितको आरोप छ ।

जोशीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ४३ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल