गुञ्जियो ‘सारङ्गीमा देश’ « Khabarhub

गुञ्जियो ‘सारङ्गीमा देश’


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो । यसलाई बजाउन धनुको प्रयोग हुन्छ । सङ्गीतका स्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग गरिन्छ ।

लोकप्रिय हुँदाहुँदै पनि लोप हुँदै गएको सारङ्गीको महत्व दर्शाउँदै हरेक गीत सङ्गीतमा प्रयोग बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संविधान दिवसको अवसरमा बिहीबार राति २० जना सारङ्गीवादक भेला पारेको थियो । कार्यक्रमको नाम थियो ‘सारङ्गीमा देश’ । कलाकारले झण्डै डेढ दर्जन मौलिक भाकामा धुन निकालेर सङ्गीत पारखीलाई भरपुर मनोरञ्जन दिलाए ।

प्रारम्भिक समयमा गन्धर्वहरुबाट प्रयुक्त र प्रवद्र्धित हुँदै आएको सारङ्गी समय प्रवाहसँगै जातीय दायराबाट बाहिर निस्किएर आम सङ्गीतप्रेमीमाझ लोकप्रिय छ । तर पनि आधुनिक सङ्गीतबीच सारङ्गीको अवस्था खुम्चिएकाले सङ्कटापन्न अवस्थामा पुगेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) बताउँछन्।  त्यसैले मुलुकलाई सारङ्गीको महत्व कति हुन्छ भनेर देखाउनु पनि कार्यक्रमको उद्देश्य हो ।

राष्ट्रिय नाचघरको प्रेक्षालयमा लस्करै बसेका एक हुल सारङ्गीवादकले नेपालका पुराना र मौलिक भाकालाई तार रेटेर मिठो धुनमा समेटे । कार्यक्रमको संयोजन प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले गरेका थिए भने सारङ्गीको संयोजन भरत नेपालीले गरेका थिए ।

नेपाल सांस्कृतिक संस्थानसँगको सहकार्यमा प्रस्तुत गरिएको ‘सारङ्गीको देश’ कार्यक्रम एउटा अनुपम संयोग र ऐतिहासिक भएको कलापारखीले प्रतिक्रिया दिएका छन् । सङ्गीत पारखी सागर गौतमले एकै ठाउँमा २० जना सारङ्गीवादकबाट मौलिक भाकामा सारङ्गीको धुन सुन्न पाउनु अहोभाग्य भएको बताए ।

कलाकारले कार्यक्रममा १७ वटा भाकामा सारङ्गी बजाएका थिए । सारङ्गीलाई बाँसुरी, सनई, ताल बाजा, टुङ्ना, मुर्चुङ्गा, पात, चरी बाजा र पियानोले साथ दिएको थियो । कोरसमा गायिकाहरुको साथ थियो । इन्द्रेणीको लालित्यको परिकल्पना गर्दै एक सारङ्गीवादक भरत नेपालीले तयार पार्नुभएको धुन ‘क्या राम्रो इन्द्रेणी’ कार्यक्रमका लागि नौलो र आकर्षक बनेको थियो ।

कलाकार भरत नेपालीले आफैँले बनाएको १२ तारे सारङ्गीको धुन सुनाउनुभएको थियो । उहाँले उक्त बाजालाई ‘भरत बाजा’ नाम दिएको बताउनुभयो । नेपाली मात्रै होइन विदेशी सारङ्गीवादकको समेत र्काक्रममा सहभागिता थियो । विदेशी पर्यटकसमेत सारङ्गीको स्वाद लिन प्रेक्षालयमा थिए ।

कलाकारले तार रेटेर मङ्गल धुनसँगै सोरठी, पालम भाका, असारे, मैथिली, कौडा, शिरसया, सङ्गीनी, वा माया वा, मालश्री धुन प्रस्तुत गरेका थिए । यस्तै धिमाल धुन, साकेला भाका, म्हेन्दोला माया भाका, थकाली र देउडामा निकालेको धुनमा सङ्गीत पारखीबाट राम्रो ‘हुटिङ’ पाएको थियो ।

‘सारङ्गीमा देश’ हेरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग पुर्याएको भन्दै प्रशंसा गरे । विगतदेखि आजसम्म विभिन्न जाति र जनजातिले जन्मदेखि मृत्युसम्म बजाइने बाजाको गौरवपूर्ण इतिहास नेपालमा रहेको उनले उल्लेख गरे ।

यसअघि असोज १ मा सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा देशका मौलिक भाकामा गीत र नृत्य प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ९ : ४३ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित