कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो  « Khabarhub

कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सोही ठाउँ बस्ने १५ वर्षीय नीरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए । 
       
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउसो साढे १२ बजे करिब १५ फिट गहिराइबाट निकालेको हो । 

डिएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजी कार्यको लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार  बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।
 

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ३ : ०२ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल