भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु ! | Khabarhub Khabarhub

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग सम्बन्ध तोडेको स्ट्याटस लेखेकी थिइन् ।

उनले गायक समेत रहेका भाइ टोनी कक्कड र गायिकासमेत रहेकी बहिनी नेहासँग सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी थिइन् ।

उनले ‘गहिरो भावनात्मक पीडा’का कारण बहिनी र भाइसँग सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी थिइन् । तर, के कति कारण भने भनेर खुलाएको भने थिइनन् ।

उनको यो घोषणा बलिउडमा ठूलै गसिपको विषय बनेको थियो । भारतीय मिडियाहरुले पनि यसको समाचार बनाएका थिए ।

तर, सोनुको उक्त स्ट्याटस धेरै लामो समय देखिएन । उनले केही दिनमै उक्त स्ट्याटस हटाइन् ।

अहिले भने सोनुको परिवार पुनर्मिलनमा पुगेको देखिएको छ । उनको सामाजिक सञ्जालको पोस्टले पनि त्यही देखाएको छ । सँगै सोनु बुवा-आमाको वैवाहिक वार्षिकोत्सवक पछि पूरा परिवासँग देखिएकी थिइन् ।

पछिल्लो समय सोनुले सामाजिक सञ्जालमा ‘माया नै उत्तर हो’ भन्ने लाइन लेख्दै भाइ टोनी र बहिनी नेहासँगको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् ।

यसले उनीहरुको सम्बन्धमा सुधार आएको संकेत गर्छ । भारतीय मिडिया टाइम्स अफ इन्डियाले पनि सोनुको परिवारसँग पुनर्मिलन भएको उल्लेख गरेको छ ।

सोनु, नेहा र टोनी तीनै जना संगीत क्षेत्रमा नै रहेकाले उनले व्यवसायिक तनावले उक्त निर्णय लिएको हुनसक्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : ०४ बजे

जुनियर पनि रोनाल्डोकै बाटोमा : पहिलो प्रतियोगितामै छाडे प्रभाव, देशका लागि जिते उपाधि

लिस्बन, पोर्चुगल– विश्व फुटबल जगतका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका जेठा

कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य : कुलपति हार्तम्छाली

टक्सार– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक

एनसेलले ल्यायो साप्ताहिक ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल कलसहितका रिन्यूअल प्याक

काठमाडौं– एनसेलले तीन वटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू सञ्चालनमा ल्याएको छ

रवि र छविलालको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा, बुधबार सुनुवाइ हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे परेको बन्दी प्रत्यक्षीकरणको