‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो ! | Khabarhub Khabarhub

‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो !


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह गत वैशाख ५ गते प्रेमी यचित राणासँग काठमाडौं जिल्ला अदालतमा पुगेर सुटुक्कट विवाह गरिन् ।

नीतिलाई विवाहको कुरा सार्वजनिक गर्न मन थिएन । तर, यतिको चर्चित व्यक्तिले ‘कोर्ट म्यारिज’ गरेको कुरा लुकाएर के लुक्थ्यो ?

सोही दिन नै यो कुरा बाहिरियो । नीति भन्छिन्, ‘मलाई यो कुरा सार्वजनिक गर्न मन थिएन । अदालतबाटै लिक भयो जस्तो छ ।’

पारिवारिक कारणले गर्दा ‘कोर्ट म्यारिज’ गर्ने निर्णयमा पुगेको र पछि विधिपूर्वक विवाह गर्न योजना रहेकाले यो कुरा गोप्य राख्न चाहेको उनले बताइन् ।

नीति आफ्नो फिल्म ‘नरसिंहा : अभतार’को प्रचारका लागि सोमबार प्रज्ञा प्रतिष्ठानमा पुगेकी थिइन् । विवाहपछि उनले पहिलो पटक मिडियाको सामना गरेकी थिइन् ।

त्यहाँ भने नीतिले खुलेरै विवाहबारे कुरा सेयर गरिन् । उनले मिडियासामु ‘कोर्ट म्यारिज’ गरे पनि माइतमै बस्ने गरेको आशयको कुरा गरिन् ।

अबको केही महिनापछि विधिपूवर्क विवाह गरेर उनी श्रीमानको घर जाने आशयको कुरा उनले गरेकी हुन् ।

भनिन्, ‘विधिपूवर्क विवाह गरेपछि मात्रै विवाह गरेको जस्तो हुने रहेछ । त्यसका लागि अझै केही कुनुपर्ने हुन्छ । केही महिना कुर्नुपर्ने हुन्छ ।’

यद्यपि आफ्नो विवाहको कार्यक्रम पूर्वनिर्धारित योजनामै भएको उनले बताइन् । भनिन्, ‘यो वर्ष नै विवाह गर्न कुरा थियो । कोर्ट म्यारिज चाहिँ पारिवारिक कारणले भयो ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : २३ बजे

सरकारले सरकारसँग गरेको नौटंकी सम्झौता

दुई तिहाइको बलियो सरकारले पेरि अर्को कर्मकाण्ड देखायो, कार्य सम्पादन

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् दिगो हुँदैन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा

नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण  

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेपाली

दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको संकेत 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले

उपत्यका प्रहरीको उर्दी- राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाऔँ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै