मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिनुस् : सुमना श्रेष्ठ | Khabarhub Khabarhub

मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिनुस् : सुमना श्रेष्ठ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधानका लागि विभिन्न आयोग बने पनि त्यसका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले सर्वोच्चका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्व न्यायाधीश तेज बहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याज पीडितको समस्या समाधान हुने बताइन् । 

तर यसका लागि आफ्नो–अर्को नभनी सवैमाथि अनुसन्धान हुनुपर्ने उनले उल्लेख गरिन् । श्रेष्ठले आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने राज्यको नीति सही नभएको धारणा राखिन् ।  

उनले राज्यले नै मिटरव्याज पीडितलाई आन्दोलन गर्न बाध्य पारिरहेको आरोप समेत लगाइन् । यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको उनले बताइन् । 

श्रेष्ठले आफ्नो पार्टीको साहुमहाजन जोगाउनका लागि पीडितमाथि राजनीति नगर्न सुझाव समेत दिइन् ।  

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १२ : ५२ बजे

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं– आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न

ओलीले भने- चिनियाँ राष्ट्रपतिलाई लिपुलेक नेपालको भूमि हो भनेर प्रष्टसँग सम्झाएको छु

ललितपुर– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूले

निजामती सेवा दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा वृक्षारोपण 

काठमाडौं– निजामती सेवा दिवस–२०८२ को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

टोकियो- एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर

सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन क्रिकेटर क्रिस लिन अनुबन्धित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले