‘राधाकृष्ण नाच’ संरक्षण गर्दै ताकमवासी | Khabarhub Khabarhub

‘राधाकृष्ण नाच’ संरक्षण गर्दै ताकमवासी


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । 

हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजनकिर्तनको साथमा अभिनयसहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीय ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका छन् ।

समूहले लोप हुन लागेको राधाकृष्ण नाचको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरेका स्थानीय कलाकार ऋषिराम सुवेदीले बताए ।

‘यो नाच यस क्षेत्रको करिब २०० वर्ष पुरानो सांस्कृतिक चिनारी मानिन्छ, हरेक वर्षको हरितालिका तीजमा अनिवार्य रूपमा ताकम गाउँमा उत्सवको रूपमा राधाकृष्ण नाचलाई देखाउने चलन छ, अहिले अन्य पर्व र उत्सवमा समेत यो नाच देखाउन थालिएको छ’, उनले भने ।

राधाकृष्ण नाचका लागि समूहले भजनकिर्तन भाकामा गीतको रचनासमेत गरेका छन् । यो नाचमा हिन्दु धर्मवलम्बीको भगवान् शिव, पार्वती र राधा कृष्णको माया प्रेमसहितको नाचगान तथा भगवान् गणेश र खलपात्र जोक्करको भूमिकालाई नृत्य तथा अभिनयबाट प्रस्तुत गरिन्छ । 

राधाकृष्ण नाचमा परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जीवन दर्शनलाई भजनकिर्तनका भाकामार्फत व्यक्त गरेर अभिनयसहितको नृत्य आकर्षक तथा मनोरञ्जनात्मक हुने गर्छ ।

पुर्खाबाट पुस्तान्तरण हुँदै आएको यो नाचलाई संरक्षण गर्न नयाँ पुस्तासमेतलाई सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिव नेत्र सुवेदीले बताए । 

उनका अनुसार पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रममा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ । हालै गाउँपालिकाले आयोजना गरेको पुर्ख्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाइ बनेको थियो ।

गाउँपालिकाले पुर्ख्यौली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरण सँगै सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेतमा सघाउ पुग्ने समूहका सचिव सुवेदीले बताए ।

राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् । ताकम गाउँको सांस्कृतिक पहिचान र चिनारीका रूपमा रहेको यस राधाकृष्ण नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन् । 

अहिले ताकम गाउँमा मात्रै नभएर सो गाउँपालिकाका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, उत्सव मेला महोत्सवमा समेत प्रदर्शन हुन थालेको छ । धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रूपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवर्द्धनको माध्ययम बन्ने अपेक्षा गरिएको छ । –रासस
 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १ : ५४ बजे

यस्तो देखियो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

ललितपुर-नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल सनराइज सभा हलमा उद्घाटन

‘नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्छ’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र

अदालतको फैसलाअघि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनले अचानक देश छाडे

बैङ्कक- थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बिहीबार अनपेक्षित रूपमा देश छाडेका

एमाले विधान महाधिवेशनस्थलमा बाँडियो विद्या भण्डारीको सन्देशसहितको चिठी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको

नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल