दोस्रो पशुपति चौलागाईं स्मृति कपको उपाधि मेलुङलाई  « Khabarhub

दोस्रो पशुपति चौलागाईं स्मृति कपको उपाधि मेलुङलाई 


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका बामपंथी नेता एवं सांसद स्व पशुपति चौलागाईंको चौथो स्मृतिमा वैतेश्वरको मैनापोखरीमा आयोजना गरिएको दोस्रो पशुपति चौलागाईं स्मृति कप जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता मेलुङ गाउँपालिका बनेको छ।

मंगलबार सम्पन्न जिरी नगरपालिकाको टिम रास्वपा र मेलुङ गाउँपालिका बीचको फाइनल खेलमा सोझो सेटमा जिरीलाई पछिपार्दै मेलुङ प्रथम स्थान हासिल गर्दै नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी उचाल्न सफल भएको हो।

त्यसैगरी प्रतियोगितामा रास्वपा टिम जिरीले दोस्रो बन्दै नगद एक लाख प्राप्त गरेको छ भने,तेस्रो बन्न सफल गौरीशंकर गाउँपालिकाले नगद ५० हजार र सान्त्वना स्थान हासिल गर्ने तामाकोशी गाउँपालिकाले नगद २५ हजार प्राप्त गरेको खेल आयोजक पशुपति फाउन्डेसनले जनाएको छ ।

शनिबार देखि सञ्चालित दोस्रो पशुपति चौलागाईं स्मृति कपमा भलिबल प्रतियोगितामा जिल्लाका ११ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता एवं पुर्व मन्त्री जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । 

पशुपति चौलागाईं फाउन्डेसनका अध्यक्ष समेत रहेका स्व चौलागाईंका छोरा सुमन चौलागाईंको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्मृतिकपमा स्व चौलागाईंले देखाएको बाटो र नेपाली राजनीतिमा पुर्‍याएको योगदानलाई स्मरण गरेका थिए। -सुबास बस्नेत/ दोलखा

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ०५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक