दक्षिणी सुडानका आप्रवासी डिपोर्ट गर्ने विषयमा ट्रम्पको चासो « Khabarhub

दक्षिणी सुडानका आप्रवासी डिपोर्ट गर्ने विषयमा ट्रम्पको चासो


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – एक अमेरिकी न्यायाधीशले दक्षिणी सुडानका आप्रवासीलाई डिपोर्ट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले पुरानो अदालती निर्णयको उल्लङ्घन हुन सक्ने चेतावनी दिएका छन्।

मंगलबार बोस्टनमा जिल्ला न्यायाधीश ब्रायन मर्फीले दक्षिणी सुडान डिपोर्ट हुन लागेकाको भर्चुअल सुनुवाइपछि सो प्रतिक्रिया दिएका हुन्। उनले कानुन व्यवसायीलाई आप्रवासीको बारे सोधखोज गरेका छन्। साथै विमना चालकलाई पनि विमान फिर्ता गर्न निर्देशन गर्न सकिने बताएका छन्। मर्फीले ट्रम्पको न्याय विभागका वकिल एलिनियास पेरेजलाई यसका बारे जानकारी गराइसकेका छन्। पेरेजले भने ट्रम्प प्रशासनले मर्फीको पुरानो फैसलाको कुनै उल्लङ्घन नगरेको जनाएको छ।

पछिल्लो समयको एक रिपोर्टका अनुसार अमेरिकाले दक्षिण सुडानमा धेरै नै मानव अधिकार हनन भएको तय गरेको छ। यातना र गैर न्यायिक हत्या पनि त्यहाँ धेरै हुने गरेका छन्।

अहिले ट्रम्प प्रशासनले आफ्नो देशले अस्वीकार गर्ने धेरैलाई कागजात नभएका आप्रवासीलाई निकाल्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ०५ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले