पर्यटक लोभ्याउने अन्तु डाँडा (तस्बिरहरू) « Khabarhub

पर्यटक लोभ्याउने अन्तु डाँडा (तस्बिरहरू)


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको पूर्वी क्षेत्रमा अवस्थित इलामको श्री अन्तु सूर्योदय र सूर्यास्तको दृश्यका लागि देशकै उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ ।

ठाँउठाउँ बनाइएका होम स्टेमा अर्गानिक खाना पाइने भएकाले पर्यटकहरू यहाँ आकर्षित छन् । इलामको अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

एकछिनमा तुवाँलो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ ।

अन्तु पुग्नुको मज्जा सूर्योदय दृश्यावलोकन मात्रै छैन । यहाँबाट देखिने उत्तरका हिमशृङ्खला, कोणधारी धुपी–सल्ला, अलैंची, सिजन अनुसार फलफूल तथा अरू बालीले पनि आनन्द दिने गर्दछ ।

यहाँबाट झापाका फाँट, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैँ देखेपछि मनमा आनन्द आउने गर्छ ।

विभिन्न स्थानबाट दैनिक ५ सयदेखि १ हजारको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न आउने गर्छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : २४ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन