मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवले लिए शपथ | Khabarhub Khabarhub

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवले लिए शपथ


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिषरिषदमा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बिहीबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयले शपथ लिएका छन्। कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो। नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित यो नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्री रहेका छन्।

पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव छन्।

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा कार्यानुभव हासिल गरिसकेका छन् भने यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न थिए।

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणालीअन्तर्गत भएको हो।

यसअघि पनि उक्त दुवै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो। पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : १९ बजे

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

म्याग्दी – म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

काठमाडौं– प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको

एकसाथ २३ जना उपसचिवको सरूवा, चारजना बने प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले २३ जना उपसचिवको सरूवा गरेको छ। संघीय मामिला

रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल