नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब | Khabarhub Khabarhub

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि फोनवार्तामा फेरि दबाब दिएको बताए ।

अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि अधिकांश राष्ट्रमा लगाइएका समान १० प्रतिशत आधारभूत भन्सार शुल्क र कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्क लगाइएको छ ।

ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा पनि गरेका थिए तर पछि अन्य देशमा लगाइएका समान उपायहरूसँगै ती जुलाईको सुरुसम्मका लागि स्थगित गरे ।

इसिबाले शुक्रबार बिहान आफूले बिहीबार साँझ वासिङ्टनमा ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र ‘भन्सार शुल्क र आर्थिक सुरक्षासहित विभिन्न विषयहरूमा छलफल भएको’ बताए  ।

‘मैले उहाँलाई अमेरिकी भन्सार शुल्कको विषयमा जापानको अवस्था बताएँ, भन्सार शुल्क हटाउने हाम्रो आग्रहमा कुनै परिवर्तन छैन’, इसिबाले टोकियोमा पत्रकार सम्मेलनमा भने, ‘मैले पहिले भनेजस्तै, यो केवल भन्सार शुल्कको मात्र कुरा नभई लगानीको पनि कुरा हो । जापान र अमेरिकाले अमेरिकामा रोजगारी सिर्जना गर्न सहयोग गर्ने हाम्रो अवस्थामा पनि कुनै परिवर्तन हुनेछैन ।’

यो टिप्पणी जापानका भन्सार शुल्क दूत, आर्थिक पुनरुत्थानमन्त्री रियोसेई अकाजावा तेस्रो चरणको वार्ताका लागि वासिङ्टन प्रस्थान गर्दा आएको हो ।

‘अमेरिकाले चालेका भन्सार शुल्क उपायहरूको शृङ्खला खेदजनक छ । हामी यी उपायहरूको समीक्षाको कडा माग गर्नेछौँ”, अकाजावाले टोकियोको हानेडा विमानस्थलमा पत्रकारहरूलाई भने, ‘तर हामीले एउटा सम्झौतामा पुग्नुपर्छ, त्यसैले यो दुवै पक्षका लागि जित–जित हुनुपर्छ । हामी अमेरिकी पक्षको विभिन्न प्रस्ताव र विचारहरू ध्यानपूर्वक सुन्छौँ र दुई पक्षबीच साझा आधार खोज्छौँ ।’

सार्वजनिक प्रसारक एनएचके र अन्य जापानी मिडियाले सरकारी स्रोतलाई उद्धृत गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यस पटक वार्तामा भाग नलिने बताएका छन् ।

रिपोर्टहरूका अनुसार अकाजावा मे ३० मा फेरि वासिङ्टन जानेछन् ।

ट्रम्पको २५ प्रतिशत अटो भन्सार शुल्क टोकियोका लागि विशेष गरी पीडादायक छ, किनकि जापानका लगभग आठ प्रतिशत जागिरहरू यस क्षेत्रसँग जोडिएका छन् ।

यसै महिनाको सुरुमा ट्रम्प प्रशासनले इन्जिन र ट्रान्समिसनसहित अटो पार्ट्समा २५ प्रतिशत नयाँ आयात कर लगाएको थियो ।

फेब्रुअरीमा ह्वाइट हाउसमा इसिबाले ट्रम्पलाई वार्षिक जापानी लगानी १० खर्ब डलरसम्म बढाउने वाचा गरेका थिए ।

‘हालैका अमेरिका–चीन र अमेरिका–बेलायत व्यापार सम्झौताहरूले वासिङ्टनले व्यापार तनाव कम गर्ने लक्ष्य राखेको सङ्केत गरे तापनि जापान–अमेरिका वार्ताले थोरै प्रगति गरेको छ’, मुडिज एनालिटिक्सका स्टेफन एङ्ग्रिकले भने, ‘अमेरिकामा विश्वको सबैभन्दा ठूलो विदेशी लगानीकर्ताका रूपमा जापानको स्थितिले यसलाई करको खतराबाट जोगाएको छैन, त्यसैले थप लगानीको वाचा गर्नु एउटा अविश्वसनीय मोलतोल हो ।’ रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : १४ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा