कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु « Khabarhub

कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको बेनी नगरपालिकाले कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल अर्थात् दोभानमा रहेको ‘बेनीघाट’मा  कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माणको काम सुरु गरेको छ ।

बेनी नगरपालिकाले कालीगण्डकी नदीको स्वच्छता, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत दृष्टिगत गरी  रु ५३ लाख पाँच हजार २०० को ठेक्का आह्वान गरी पूर्वाधार निर्माणका काम सुरु गरेको हो ।

एस.के कन्स्ट्रक्सन बेनीले स्थानीय नगरपालिकासँग सम्झौता गरी कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल ‘बेनीघाट’मा अहिले धमाधम काम गरिरहेको छ । सम्झौताअनुसार २०८२ साल वैशाख १७ गतेदेखि काम सुरु भएको सो योजना आगामी असार १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।  

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत सञ्चालित यो पहिलो योजनाको सुरुमा अन्त्येष्टि गर्ने घाटलाई काठमाडौँ, पशुपतिस्थित आर्यघाटको ढाँचामा  निर्माण गरी व्यवस्थित गरिने भएको छ ।

सो योजनाअन्तर्गत कालीगण्डकीको सतहभन्दा तल ६० प्रतिशत सिमेन्ट र ४० प्रतिशत ढुङ्गाको जग राखिनेछ । यसरी जग तयार भएपछि आर्यघाटमा जस्तै सिँढी निर्माण गरी शव राख्ने तथा जलाउने ठाउँ बनाइने नगरपालिकाले स्पष्ट गरेको छ ।  

सनातन धर्म, संस्कृति र वातावरणलाई समेत ध्यान दिँदै आर्यघाटको ढाँचा र शैलीमा पूर्वाधार निर्माण गरी बेनिघाटलाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाइने बेनी नगरपालिकाले स्पष्ट गरेको छ ।-रासस

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : ३२ बजे

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ– यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो