प्रधानमन्त्री भन्छन्- जनताको कुण्डलीमा राजतन्त्र छैन, प्रतिगमनको सपना नदेखे हुन्छ | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन्- जनताको कुण्डलीमा राजतन्त्र छैन, प्रतिगमनको सपना नदेखे हुन्छ


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्किने कुनै भविष्यवाणी नभएको दाबी गरेका छन् ।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले राजतन्त्र फर्किने गलत सपना नदेख्न राजावादी समूहलाई आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएको ‌ओलीले बताए ।

‘पूर्वराजाको कुण्डलीमात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ । प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु’, उनले भने ।

प्रधानमन्त्री ओलीले एमाले जनताको हक अधिकार र मुलुकको स्वाधीताको रक्षा गर्दै प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा रहेको पनि बताए । उनले प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइने पनि जिकिर गरे ।

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ,’ ओलीले भने, ‘त्यस्ता प्रयास रोक्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ ।’

ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेको पनि बताए । उनले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरू तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीति थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि कांग्रेससँग मिलेर सरकार बनाएको पनि बताए ।

उनले सरकार ढल्यो भन्दै आएकाहरूतर्फ इंगित गर्दै अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई पद हस्तान्तरण गरी एमाले सरकारमा रहेर निर्वाचन गराउने पनि बताए ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : ४९ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको