भिजिट भिसा प्रकरणमा श्रम मन्त्रालयले भन्यो- त्यो हामीसँग सरोकारको विषय होइन « Khabarhub

भिजिट भिसा प्रकरणमा श्रम मन्त्रालयले भन्यो- त्यो हामीसँग सरोकारको विषय होइन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा जानेहरू श्रम मन्त्रालय तथा मातहतको विभागहरूको सरोकारको विषय नरहेको बताएका छन् । 

शुक्रवार विभाग पुगेका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन् । 

उनले भने, ‘भिजिट भिसा लिएर जानेहरूसँग हाम्रो मन्त्रालय र विभागहरूको कुनै पनि सरोकार छैन । त्यो विषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ । हामीले केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरूको हकमा मात्रै हाम्रो सरोकार रहन्छ ।’

महानिर्देशक भट्टराईले श्रम स्वीकृति लिएर जाने कामदारहरूले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए ।
 
‘ वैदेशिक रोजगारका लागि जाने श्रमिकले एप्लाई गरेकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौ । अझै चुस्त दुरुस्त बनाउन प्रयासरत छौ । यसले श्रम स्वीकृतिका लागि काम गरी रहेका बिचौलियाहरूको चेन ब्रेक गर्नेछ । हामी व्यापक सुधारका लागि काम गरी रहेका छौँ’, उनको भनाई छ । 

सञ्चारकर्मीले कोरिया जानेहरूको विषयमा सोधिइएको एक अर्को प्रसङ्गमा महानिर्देशक भट्टराईले कोरियाका लागि इ९ र इ७ भिसा फरक फरक भएको बताउँदै यसको विषयमा कोरिया जाने कामदारबीच कुनै पनि दुबिधा गर्न नहुने बताए । 

उनले भने, ‘अहिले कतिपयलाई  कोरियाका लागि इ९ र इ७ भिसा बारेमा चिन्ता गरेको देखिएको छ । यसमा दुबिधा हुनुहुँदैन, यी दुई क्याटोगरीका भिसाहरू फरक फरक किसिमका हुन । दुवै क्याटोगरीमा जान मिल्छ । बरु, उल्टै बढीले कोरिया जाने अवसर प्राप्त गर्नेछ । इ९  भिसा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित र जारी गर्नेछ भने इ७ भिसा कोरिया सरकारकै न्याय मन्त्रालयद्वारा जारी गरिने भिसा तथा सम्बन्धित छन् । भर्खरै कोरियाबाट आएका प्रतिनिधिसँग हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ ।’ 

महानिर्देशक भट्टराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रबुद्धता व्यक्त गर्दै थालिएका सुधारका संकेत सबैले महसुस गरिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ०२ बजे

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ– यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो