गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट निवेदन « Khabarhub

गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट निवेदन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा जानेहरूबाट करोडौं रकम उठाएको प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदातलमा रिट परेको छ ।

अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । उनले लगेको रिट सर्वोच्चले दर्ता गरिसकेको छैन ।

यसबारेमा आइतबार सर्वोच्च प्रशासनले निर्णय लिने भएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार शुक्रबार चौलागाईंको निवेदन आए पनि दर्ता गर्ने निर्णय भइसकेको छैन ।

दैनिक ५ लाखदेखि १ करोडसम्म उठाइएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयकै सदस्य जोडिएका छन् । गृहमन्त्री लेखकले गत असोज ३० गते विमानस्थल अध्यागमन कार्यालय पठाइएका सहसचिव तीर्थ भट्टराई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिइसकेका छन् ।

शुक्रबार मात्रै गृहमन्त्री लेखकलाई बर्खास्ती र कारबाही माग गर्दै युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइसकेका छन् । गृहमन्त्री लेखक भने शुक्रबार मधेश प्रदेशको सुरक्षा गोष्ठीमा भाग लिन जनकपुर पुगेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ४३ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि