गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट निवेदन | Khabarhub Khabarhub

गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट निवेदन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा जानेहरूबाट करोडौं रकम उठाएको प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदातलमा रिट परेको छ ।

अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । उनले लगेको रिट सर्वोच्चले दर्ता गरिसकेको छैन ।

यसबारेमा आइतबार सर्वोच्च प्रशासनले निर्णय लिने भएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार शुक्रबार चौलागाईंको निवेदन आए पनि दर्ता गर्ने निर्णय भइसकेको छैन ।

दैनिक ५ लाखदेखि १ करोडसम्म उठाइएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयकै सदस्य जोडिएका छन् । गृहमन्त्री लेखकले गत असोज ३० गते विमानस्थल अध्यागमन कार्यालय पठाइएका सहसचिव तीर्थ भट्टराई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिइसकेका छन् ।

शुक्रबार मात्रै गृहमन्त्री लेखकलाई बर्खास्ती र कारबाही माग गर्दै युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइसकेका छन् । गृहमन्त्री लेखक भने शुक्रबार मधेश प्रदेशको सुरक्षा गोष्ठीमा भाग लिन जनकपुर पुगेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ४३ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको