कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन « Khabarhub

कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मातहत रहेका विभाग तथा संस्थानहरूलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेका सम्झौताबमोजिम काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।  

मन्त्री भण्डारीले प्रधानमन्त्रीसँग आफूले र आफूसँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेका सम्झौताको शतप्रतिशत नतिजा दिनु पर्नुपर्ने आवश्यकता औँल्याए ।

कतिपय निकायले नीतिगत समस्या वा अन्य बहाना देखाउँदै काममा ढिलासुस्ती गर्ने गरेकाले अब ती बहाना स्वीकार्य नहुने उनको भनाइ छ । 

मन्त्री भण्डारीले भने, ‘हामीले आर्थिक वर्षको सुरुआतमा जे छलफल गर्‍यौँ, त्यसको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ । तीमध्ये कतिपय कामहरू सम्पन्न पनि भएका छन् तर सम्झौताअनुरुप सन्तोषजनक उपलब्धि हासिल भएका छैनन् । कतिपय काम अधुरा छन्, ती समयमा सम्पन्न पूरा गरेर देखाउनु छ, त्यसमा असफल हुने छुट कसैलाई छैन ।’ उनले मन्त्रालय मातहत रहेका सबै निकायलाई आजका मितिदेखि कामको गति बढाउन निर्देशनसमेत दिए  ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद विषय भएको उल्लेख गरे  । 

उनले भने, ‘कर्मचारीहरूलाई आवश्यक पर्ने सबै सुविधा हामीसँग हुँदाहुँदै पनि कहिलेकाहीँ जोखिम लिन नसक्ने, समन्वय गर्न नसक्नेलगायत कारणले कामले गति लिन सक्दैन । समस्याहरू केही भए केके छन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधानसहित परिणाममुखी काममा लागौँ ।’

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पूरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुख, मातहत संस्थानका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितिमा चालु आर्थिक वर्षको सुरुआतमा लिइएका लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको थियो । –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ५८ बजे

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ– यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो