सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष दाहाल


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताएका छन् ।

‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताए । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उनको भनाइ छ ।

हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको जनजागरण अभियानमा देखिएको जनताको उत्साहले आफू पनि उत्साहित भएको उनले बताए । 

अध्यक्ष दाहालले भने, ‘माओवादी नेतृत्वमा आए सुशासन कायम हुन्छ र  भ्रष्टाचारको अन्त्य हुन्छ भन्नेहरू धेरै भेटेका छौँ । हामी अहिले जनतासँग साक्षात्कार गरिरहेका छौँ, पार्टीलाई मजबुत बनाउँदै कार्यकर्तालाई एकत्रित गरिरहेका छौँ ।’ 

समाजवादी मोर्चाले सरकारलाई सच्चिन र मुलुकको हितमा काम गर्न खबरदारी गर्दै आएको उनले उल्लेख गरे  । जनसंवादमा जिल्लास्थित पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, स्वास्थ्य तथा सामाजिक सङ्घसंस्थाका प्रमुखहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए । सो अवसरमा सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको थियो । –रासस

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : ०१ बजे

‘मानव अधिकार आयोगको गाडीमा आगजनी’

काठमाडौं– जेन-जी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग

प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन

काठमाडौं- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् ।

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान

यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य

काठमाडौं– संविधानविद् तथा विश्लेषक भिमार्जुन आचार्यले जेनजी पुस्ताको आन्दोलनमा सरकारको