आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १० गते शनिबार। जेठ कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ मे २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीभाइ दाहिना भएकाले मन खुशी रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सञ्चित धन खर्च हुनेछ। खर्च बढ्दा मनमा चिन्ता बढ्नेछ। तपाईंको बोलीले आफन्त टाढिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। आज तपाईंको आम्दानी बढ्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्ने बानीको त्याग गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त होला। साथीभाइको साथ मिल्ने भएकाले सोचेको काम गर्न अगाडि बढ्नु उचित हुनेछ।

सिंह : तपाईंले सोचेका काममा अवरोध सिर्जना हुनेछ। अढैया शनिको प्रभावले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : आफूले सोचेको काम नबन्ने जोखिम छ। सामाजिक क्षेत्रमा अपमानित भएको महसुस हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। कृषिजन्य उत्पादनको व्यापारबाट फाइदा हुनेछ।

तुला : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा भने ढिलासुस्ती बढ्नेछ। परिवारको सल्लाह लिएर ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। अरुलाई समय दिँदा स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा समस्या हुने जोखिम छ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शेयर कारोबारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : दिन राम्रो छ। दाजुभाइसँकागे सहकार्यले मन शान्त बन्नेछ। आफ्नो गलत निर्णयले पश्चाताप हुनेछ। मनमा रहेको अशान्ति हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। तपाईंको राशिमा शनिदेव रहेकाले बोल्दा सचेत बन्नुपर्नेछ। अशान्त मनलाई नियन्त्रण गर्न धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ०२ बजे

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित