एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको छ । यो बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो ।

बैठकमा पछिल्लो समय पार्टीका गतिविधि, समसामयिक राजनीति र सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस्तै यस बैठकले यसअघि कारबाहीमा परेका पोलिटब्युरो सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवा गर्न सक्ने छ ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट कीर्तिपुरमा १० रोपनी जग्गा लिएको कुराको आलोचना गरेपछि एमालेले गत पुस १० गते यी दुई नेतृलाई ६ महिनाका लागि पदबाट निलम्बन गरेको थियो ।

त्यही दिन पूर्वउपाध्यक्ष डा. भीम रावललाई पनि एमालेबाट निष्कासित गरिएको थियो। रावललाई निष्कासनको निर्णय फिर्ता नभए पनि दुई नेतृको कारबाही पनि फुकुवा हुन सक्नेछ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ५० बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्