पूष्पले साइन गरे ‘महाराजधिराज’, २२ महिनादेखि फिल्मबाट बेराेजगार आकाश « Khabarhub

पूष्पले साइन गरे ‘महाराजधिराज’, २२ महिनादेखि फिल्मबाट बेराेजगार आकाश


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आकाश श्रेष्ठ र पूष्प खड्काको हातमा तीन-चार वर्षअघिसम्म फिल्मको कमी थिएन । उनीहरूले आफूलाई फिल्ममा नै व्यस्त राख्थे ।

तर, गत वर्ष यी दुवै नायकले फिल्मबाट दूरी बनाएको पाइयो । प्रस्ताव नआएर हो वा फिल्म लगातर फ्लप भएर हो उनीहरूले ठूलो पर्दाको अभियनमा ग्याप देखियो ।

गत वर्ष उनीहरुको कुनै फिल्म प्रदर्शनमा आएन, न छायाङ्कनमा सहभागी भए । यतिसम्म कि उनीहरू फिल्ममा अनुबन्ध भएको समेत खबर दुर्लभ बन्यो ।

आकाशको पछिल्लो फिल्म ‘बगाान’ वि.सं २०८० सालमा प्रदर्शनमा आएको थियो । त्यस यता उनी म्युजिक भिडियो अभिनयमा मात्रै सक्रिय छन् । फिल्मको सिनमा खोजी गर्दा उनी भेटिँदैनन् । उनी फिल्मबाट टाढा बनेको २२ महिना भयो ।

पूष्पको हालत पनि उनी थियो, अहिले केही सुधार भएको छ । ठूलो पर्दाको अभियनबाट उनी त आकाशभन्दा बढी हराएको पाइन्छ । ०७९ पुसमा प्रदर्शनमा आएको ‘तिम्रो मेरो साथ’ यता उनका फिल्म प्रदर्शनमा आएको छैन । पछिल्लो २९ महिनामा उनलाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन् ।

तर, पुष्प यो अवधिमा दुई फिल्ममा अनुबन्ध भएको खबर बाहिरयो । ०८० चैतमा उनले फिल्म ‘सिड्नी ब्लुज’ साइन गरे । यो फिल्म सन् २०२४ भित्रै प्रदर्शनमा ल्याउने घोषणा गरिएको थियो । सन् २०२५ को आधा वर्ष बित्दा पनि छायाङ्कन भएको छैन ।

अन्ततः पुष्पलाई यो वर्ष नै दर्शकले ठूलो पर्दामा देख्न पाउने सम्भावना देखिएको छ । उनले गत साता फिल्म ‘महाराजधिराज’ साइन गरेका हुन् ।

यो फिल्ममा पुष्पअघि नै नायहरु पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती, नायिकाहरू वर्षा सिवाकोटी र वर्षा राउत फाइनल भइसकेका छन् । निर्माण पक्षले केन्द्रीय नायक पल बताएको छ । मल्टिस्टारर यस फिल्ममा पुष्ष सहायक हिरोको भूमिकामा अनुबन्ध भएको बुझिएको छ ।

भूमिका जे भए पनि यही वर्ष पुष्पको अभिनय रहेको फिल्म प्रदर्शनमा आउने सम्भावना बलियो छ । तर, ढुक्क हुने अवस्था छैन ।

‘महाराजधिराज’ टिम छायाङ्कन निस्कन विलम्ब गरिरहेको छ । त्यसैले पूर्वनिर्धारित फिल्म फूलपातीमै प्रदर्शनमा आउने सम्भावना न्यून भएको छ । यो मितिमा पाँच फिल्मको प्रदर्शन मिति तोकिएकाले पनि यसलाई सोही मितिमा आउन गाह्रो देखिन्छ । अर्कोतिर अझै छायाङ्कन भएको छैन ।

निर्देशक परिच्छेद सेन मल्टिस्टारर फिल्म बनाउन कसरतमै छन् । उनको कसरत हेर्दा यो वर्षपभित्र ‘महाराजधिराज’ आउने सम्भावना प्रवल छ । घोषण गरेर फिल्म नै नबनाउने निर्देशक सूचीमा परिच्छेद पर्दैनन् ।

विगतका चल्तीका दुई नायक ०८१ सालमा फिल्मको सिनबाटै गायब भए । यो वर्ष भने पूष्पले फिल्म पाएका छन् । अब आकाशलाई कहिले दर्शकले ठूलो पर्दामा देख्न पाउँलान् ?

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ३९ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको