पूष्पले साइन गरे ‘महाराजधिराज’, २२ महिनादेखि फिल्मबाट बेराेजगार आकाश « Khabarhub

पूष्पले साइन गरे ‘महाराजधिराज’, २२ महिनादेखि फिल्मबाट बेराेजगार आकाश


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आकाश श्रेष्ठ र पूष्प खड्काको हातमा तीन-चार वर्षअघिसम्म फिल्मको कमी थिएन । उनीहरूले आफूलाई फिल्ममा नै व्यस्त राख्थे ।

तर, गत वर्ष यी दुवै नायकले फिल्मबाट दूरी बनाएको पाइयो । प्रस्ताव नआएर हो वा फिल्म लगातर फ्लप भएर हो उनीहरूले ठूलो पर्दाको अभियनमा ग्याप देखियो ।

गत वर्ष उनीहरुको कुनै फिल्म प्रदर्शनमा आएन, न छायाङ्कनमा सहभागी भए । यतिसम्म कि उनीहरू फिल्ममा अनुबन्ध भएको समेत खबर दुर्लभ बन्यो ।

आकाशको पछिल्लो फिल्म ‘बगाान’ वि.सं २०८० सालमा प्रदर्शनमा आएको थियो । त्यस यता उनी म्युजिक भिडियो अभिनयमा मात्रै सक्रिय छन् । फिल्मको सिनमा खोजी गर्दा उनी भेटिँदैनन् । उनी फिल्मबाट टाढा बनेको २२ महिना भयो ।

पूष्पको हालत पनि उनी थियो, अहिले केही सुधार भएको छ । ठूलो पर्दाको अभियनबाट उनी त आकाशभन्दा बढी हराएको पाइन्छ । ०७९ पुसमा प्रदर्शनमा आएको ‘तिम्रो मेरो साथ’ यता उनका फिल्म प्रदर्शनमा आएको छैन । पछिल्लो २९ महिनामा उनलाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन् ।

तर, पुष्प यो अवधिमा दुई फिल्ममा अनुबन्ध भएको खबर बाहिरयो । ०८० चैतमा उनले फिल्म ‘सिड्नी ब्लुज’ साइन गरे । यो फिल्म सन् २०२४ भित्रै प्रदर्शनमा ल्याउने घोषणा गरिएको थियो । सन् २०२५ को आधा वर्ष बित्दा पनि छायाङ्कन भएको छैन ।

अन्ततः पुष्पलाई यो वर्ष नै दर्शकले ठूलो पर्दामा देख्न पाउने सम्भावना देखिएको छ । उनले गत साता फिल्म ‘महाराजधिराज’ साइन गरेका हुन् ।

यो फिल्ममा पुष्पअघि नै नायहरु पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती, नायिकाहरू वर्षा सिवाकोटी र वर्षा राउत फाइनल भइसकेका छन् । निर्माण पक्षले केन्द्रीय नायक पल बताएको छ । मल्टिस्टारर यस फिल्ममा पुष्ष सहायक हिरोको भूमिकामा अनुबन्ध भएको बुझिएको छ ।

भूमिका जे भए पनि यही वर्ष पुष्पको अभिनय रहेको फिल्म प्रदर्शनमा आउने सम्भावना बलियो छ । तर, ढुक्क हुने अवस्था छैन ।

‘महाराजधिराज’ टिम छायाङ्कन निस्कन विलम्ब गरिरहेको छ । त्यसैले पूर्वनिर्धारित फिल्म फूलपातीमै प्रदर्शनमा आउने सम्भावना न्यून भएको छ । यो मितिमा पाँच फिल्मको प्रदर्शन मिति तोकिएकाले पनि यसलाई सोही मितिमा आउन गाह्रो देखिन्छ । अर्कोतिर अझै छायाङ्कन भएको छैन ।

निर्देशक परिच्छेद सेन मल्टिस्टारर फिल्म बनाउन कसरतमै छन् । उनको कसरत हेर्दा यो वर्षपभित्र ‘महाराजधिराज’ आउने सम्भावना प्रवल छ । घोषण गरेर फिल्म नै नबनाउने निर्देशक सूचीमा परिच्छेद पर्दैनन् ।

विगतका चल्तीका दुई नायक ०८१ सालमा फिल्मको सिनबाटै गायब भए । यो वर्ष भने पूष्पले फिल्म पाएका छन् । अब आकाशलाई कहिले दर्शकले ठूलो पर्दामा देख्न पाउँलान् ?

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ३९ बजे

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा