नेप्सेमा सामान्य गिरावट, कारोबार कति ? | Khabarhub Khabarhub

नेप्सेमा सामान्य गिरावट, कारोबार कति ?


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ । आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव २८ प्रतिशतले घटेको छ ।

 कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७१ करोड ४९ लाख २८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको १४ लाख ९० हजार छ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ३ : ४१ बजे

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले