आइतबारबाट दशैँको टिकट बुकिङ खुल्ने | Khabarhub Khabarhub

आइतबारबाट दशैँको टिकट बुकिङ खुल्ने


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि भोलि (आइतबार) बाट अग्रिम टिकट खुल्ने भएको छ । यातायात कम्पनीहरुले आइतबारबाट दशैँका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार भोलिबाट दशैँका लागि टिकट बुकिङ खुला हुन लागेको हो ।

भोलिबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १० : ३० बजे

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै