सपनामा विहे गरेको देख्नु भयो, दिन्छ यस्तो संकेत « Khabarhub

सपनामा विहे गरेको देख्नु भयो, दिन्छ यस्तो संकेत


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सपनामा देखिएका कतिपय घटनाले तपाईको आगामी दिनको अवस्थाको बारेमा जानकारी दिने धार्मिक विश्वास रहेको छ ।

सपनामा देखिएका कतिपय कुरालाई ध्यान दिन सकियो भने भविष्यमा आइपर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ भने आगामी दिनमा जीवनमा के हुँदैछ भन्ने जानकारी पाउन सकिने धार्मिक विश्वास रहेको छ ।

सपनामा देखिने कतिपय जीव जनावर, वस्तु, सामाग्रीले के अर्थ दिन्छन् त ?

गाई: पितृ दोष तथा दु:ख कष्ट आइपर्ने।
दियो: दियो दान दिएको देखेमा घरवार नाश हुन्छ।

देवता: देवता रिसाएको देखे धर्मको हानी हुन्छ।
जमिन: जमिन हल्लिएको सपनामा देखे सरकारी मुद्दा लागेर जेल जानुपर्ने हुन्छ।

नर्क: नर्कमा परेको देखे अकस्मात आपत आई नोक्सान हुन्छ।
दुध : दुध खाएको देखे शोक पर्छ। आपत पर्छ।

पानी: पानी परिरहेको सपना देखे विरामी हुने संकेत हो।
ढोका: ढोकामा आगो लागेको देखे घर वर्वाद, विरामी र धन नाश हुन्छ।

कपास: कपासकोबोट देखे रोगको डर हुन्छ।

माकुरा: माकुराले टोकेको सपना देखे रोग लग्न सक्छ।
भिक्षा: सपनामा भिक्षा लिएको-दिएको दुवै अशुभ हुन्छ। गरीबीले सताउन सक्छ।

धुँवा: धन नाश, व्यपारमा हानी, मानसिक सन्ताप र प्रियजन विछोड हुन्छ।
वर्षा: घनाघोर वर्षा देखे गृह कलह र मित्र विछोड हुने संकेत हो।

बिरालो: सपनामा बिरालो देखिए शत्रु बढ्छ।
हिलो: हिलोमा फसेको देखे कष्ट र अपव्यय हुन्छ।

तारा: तारा खसेको देखे विपत्ती आइलाग्ने सन्केत हो।
फलामे वस्तु: सपनामा फलामका भाँडा वा वस्तुहरु देखिनु अशुभ हुन्छ। विपत्ती आउने सन्केत हो।

फूल: रातो फूल देखे कष्ट हुन्छ।
विवाह: वैवाहिक उत्सव देखिनु अशुभ मानिन्छ।

घर: घर लडेको देखे गृहस्थी जीवन तहसनहस हुन्छ.
दाँत: दाँत झरेको वा भाँचिएको सपना देखे दुख र झन्झट आइलाग्छ।

भोक: आफु भोको भएको देखे विपत्ति आउँछ।
आँखा: आँखा फुटेको देखे परिवारमा नोक्सानी हुने सम्भावना हुन्छ।

कपाल: कपाल देख्नु अशुभ हुन्छ। युद्ध, मुद्दा मामिलामा पराजय हुन्छ। कपाल झरेको देखे ॠण पनि लग्न सक्छ।
आकश: रातो रङ्गको आकाश देखे कष्ट, दु:ख, भय उत्पन्न हुन्छ।

आकाश: आकाशमा आँधी, तुफान, धुलो देखिए देशमा लडाई वा प्राकृतिक विपत्ति आउन सक्छ। आकाशबाट झरेको देखिए सामाजिक आपमान हुने वा समाजबाट आपहेलना वा निष्काशित हुन सक्ने सम्भावना हुन्छ।

अन्धकार: अन्धकार वा अँध्यारो गुफा देखे रोग लाग्ने डर हुन्छ।
चिता: दन्किएको चिता देख्नु अशुभ मानिन्छ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : ५९ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट