शेयर धितो कर्जाको जोखिमभार घट्दा पनि बढेन बजार  « Khabarhub

शेयर धितो कर्जाको जोखिमभार घट्दा पनि बढेन बजार 


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर विश्व पौडेलले शेयर धितो कर्जाको प्रोभिजन (जोखिमभार) १२५ प्रतिशत रहेकोमा घटाएर १०० प्रतिशत गर्दा समेत शेयर बजार घटेको छ । 

आइतबार पौडेलले पहिलो मौद्रिक नीतिको समीक्षा गर्दै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लगाएको शेयर धितो कर्जाको प्रोभिजन घटाएर १०० प्रतिशत कायम गरेका थिए । 

तर, प्रोभिजन घटाएको भोलिपल्ट अर्थात आज सोमबार भने शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.२१ प्रतिशतले घटेर बन्द भएको छ । 

प्रि–ओपन सेसनमा समेत उच्च अंकले बढेको शेयर बजार बन्द हुँदा भने ०.१९ प्रतिशतले घटेर २६७४.७६ विन्दुमा आएको छ । बजार खुलेको केही समयमा उच्च अंककाले वृद्धि देखिएको नेप्सेमा आज ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन । 

आज दिनभरमा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । 
आज ३३७ वटा कम्पनी कारोबारमा आउँदा ६९ हजार ६५१ पटक शेयर किनबेच भएको छ । 

आज वाणिज्य बैंक र उत्पाद तथा प्रशोधन बाहेक अन्य सबै समूह घटेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : ५० बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।