शेयर धितो कर्जाको जोखिमभार घट्दा पनि बढेन बजार  « Khabarhub

शेयर धितो कर्जाको जोखिमभार घट्दा पनि बढेन बजार 


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर विश्व पौडेलले शेयर धितो कर्जाको प्रोभिजन (जोखिमभार) १२५ प्रतिशत रहेकोमा घटाएर १०० प्रतिशत गर्दा समेत शेयर बजार घटेको छ । 

आइतबार पौडेलले पहिलो मौद्रिक नीतिको समीक्षा गर्दै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लगाएको शेयर धितो कर्जाको प्रोभिजन घटाएर १०० प्रतिशत कायम गरेका थिए । 

तर, प्रोभिजन घटाएको भोलिपल्ट अर्थात आज सोमबार भने शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.२१ प्रतिशतले घटेर बन्द भएको छ । 

प्रि–ओपन सेसनमा समेत उच्च अंकले बढेको शेयर बजार बन्द हुँदा भने ०.१९ प्रतिशतले घटेर २६७४.७६ विन्दुमा आएको छ । बजार खुलेको केही समयमा उच्च अंककाले वृद्धि देखिएको नेप्सेमा आज ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन । 

आज दिनभरमा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । 
आज ३३७ वटा कम्पनी कारोबारमा आउँदा ६९ हजार ६५१ पटक शेयर किनबेच भएको छ । 

आज वाणिज्य बैंक र उत्पाद तथा प्रशोधन बाहेक अन्य सबै समूह घटेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : ५० बजे

सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको आनुरोध

काठमाडौं – यूएईको अबुदाबीस्थित नेपाली राजदूतावासले सुरक्षा स्थितिको बारे भ्रम

हिमपातका कारण चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हुम्ला– हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री

काठमाडौं-९ मा जसपाको समर्थन कांग्रेसलाई

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट

नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नवलपरासी– आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा

झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न