आशिफको स्पष्टीकरण : ‘हम्बल’ बन्न खोज्दा अर्कै चर्चा भएछ « Khabarhub

आशिफको स्पष्टीकरण : ‘हम्बल’ बन्न खोज्दा अर्कै चर्चा भएछ


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायकद्वय सौगात मल्ल, आशिफ शाह र नायिका गरिमा शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘जन्ते बाख्रो’ जेठ २३ बाट प्रदर्शनमा आउँदैछ ।

यो फिल्मले विकसित गरेका घटनाक्रम स्वभाविक छैनन् । व्यापारी सन्तोष गौतमले पहिलो पटक यो फिल्म निर्माण गरेका हुन् । निर्देशक भने सिमोश सुनुवार हुन् ।

गौतमले फिल्ममा नयाँ हुँदा क्रिएटिभ टिममा समेत हस्तक्षेप गर्ने गरेको चर्चा फिल्मीवृतमा छरपष्ट छ ।

निर्माता सन्तोष गौतम, फिल्मका लेखका प्रदीप भारद्धाज र निर्देशक बायाँ सिमोश सुनुवार (क्रमश : दायाँबाट बायाँतिर)

ट्रेलर रिलिज गर्न ठमेलको एक हलमा सोमबार आयोजित कार्यक्रममा निर्मातालाई यो विषयमा प्रश्न गरिएको थियो ।

उनले यो गसिप निराधार रहेको दाबी गरे । निर्देशक सुनुवाले यो विषयमा अलि कूटनीतिक बने । उनले ‘निर्माता सिनेमामा नयाँ भएकाले धेरै कुरामा कन्भिन्स’ गराउनुपर्ने बाध्यता आएको आफूले भोगेको बताए ।

उनले भने, ‘उहाँ नयाँ भएकाले धेरै कुरा हामीले सिकाउनुपर्ने हुन्छ ।… तर, फिल्मका हरेक कुराको निर्णय टिम सल्लाहमा नै भएको हो ।’

‘ट्रेलर काट्ने काममा पनि निर्माता हाबी हुनुभयो, तपाईंको भूमिका नगन्य थियो भन्ने चर्चा छ नि ?’ भन्ने प्रश्नमा निर्देशक सिमोशको जवाफ थियो, ‘होइन । त्यस्तो भएको छैन । सबै कुरा सल्लाहमा भएको हो ।’

कलाकार, निर्देशक र निर्माताले सबै सामान्य छ भने पनि टिममा केही समस्या छ भनेर शंका गर्ने स्थान भेन्टिन्छ ।

फिल्मको प्रदर्शन मिति २ पटक परिवर्तन भयो । आशिफको स्ट्याटस पनि टिमसँगको विमतिका रुपमा चर्चामा आयो ।

पहिला चर्चा गराैं प्रदर्शन मितिकै । यो फिल्मको प्रदर्शन मिति पहिला जेठ २३ मा तोकिएको थियो । दोस्रो पटक जेठ ९ तोकियो । फेरि तेस्रो पटक जेठ २३ मै ल्याउने बताइयो ।

रिलिज डेट परिवर्तन भएको यो विषय टिमले गरेको निर्णय भनेर सहज कसरी लिनु ?

टिममा फिल्म बुझेका मान्छे छन् । बुझेकै मान्छेले दुई साता वरपर पारेर फिल्मको मिति सार्न निर्णय कसरी गरे होलान् ?

तर, निर्देशक सिमोशले ‘टिमकै निर्णयमा फिल्म प्रदर्शन मिति हेरफेर भएको हो’ भन्दा कसैले विमति राखेनन् । सबैले ‘हो मा हो’ मिलाए ।

ट्रेलर रिलिज कार्यक्रममा आशिफले पनि स्ट्याटसको विषयमा उठेका प्रश्न सामाना गर्नुपर्‍यो ।

पाठकलाई जानकारी दिउ आशिफको स्ट्याटस काण्डबारे । गत वैशाख १८ गते ‘जन्ते बाख्रो’को यो पोस्टर सार्वजनिक भएको थियो ।

यो पोस्टर हेर्दा आशिफ सहायक भूमिकामा रहेको जस्तो देखिन्छ । किनभने सहायक कलाकार सहर उनको तस्बिर छ ।

अनि आशिफले पोस्टर सेयर गर्दै सामाजिक सञ्जालमा लेखे, ‘जन्ते बाख्रोमा सानो भूमिका निभाउन पाएको छु ।’

फिल्ममा शीर्ष भूमिका निर्वाह गरेको आशिफले यस्तो लेख्नुलाई उनी पोस्टरको तस्बिरसँग असन्तुष्ट छन् भन्ने कोणबाट चर्चा भयो ।

शीर्ष नायकले ‘सानो भूमिका निभाउन पाएको छु’ भन्दा अरु के बुझ्ने त ? त्यहीमाथि ‘टिमवर्क’ सामान्य छैन भन्ने चर्चा छ ।

यो बारेमा उनलाई प्रश्न गरिएको थियो । ‘असन्तुष्टिले नै त्यो कुरा लेख्नुभएको हो ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘होइन हम्बल बन्न खोजेको, अर्कै कोणबाट चर्चा भएछ ।’

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ०५ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको