भेरी–१ जलविद्युत आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने « Khabarhub

भेरी–१ जलविद्युत आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गेजुबा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको दुई सय ७० मेगावाट भेरी–१ अर्धजलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (एआईए) प्रतिवेदन सार्वजनिक भएको छ । वन तथा वातावरण मन्त्रालयले एआईए सार्वजनिक गरेको हो ।  

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाढ नगरपालिका वडा नं. १०,११,१२,१३ तथा रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नं. ४,५,६ भएर बग्ने भेरी नदीको पानी प्रयोग गरी दुई सय ७० मेगावाट विद्युत् उत्पादन गर्ने र सोही पानी भेरी नदीमा छाडिने लक्ष्य भएको पिकिंग रन अफ रिभर आधारित भेरी–१ अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरिएको छ । 

आयोजनामा स्थायी तथा अस्थायी गरी कूल २४.०७५ हेक्टर राष्ट्रिय वन चाहिने र जाजरकोट जिल्लाको २०.५२३ हेक्टर र  रुकुम पश्चिम जिल्लाको ३.५५२ हेक्टर जमिन आवश्यकता रहेको छ । 

जसमा जाजरकोट जिल्लाको राष्ट्रिय बनबाट एक दुई सय दुई वटा रुख र रुकुम पश्चिम जिल्लाको राष्ट्रिय बनबाट ५० वटा गरेर जम्मा दुई सय ५२ रुख कटान हुनेछन् । 

आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै, आयोजना बनाउनका आयोजनाको लागत करिब ७१ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : ०० बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर