पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षकलाई प्रशिक्षण दिइने | Khabarhub Khabarhub

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षकलाई प्रशिक्षण दिइने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निजी विद्यालय संगठन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजित पूर्व प्राथमिक तहका लागि पाठ्यक्रम निर्माण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।

एक सातासम्म सञ्चालन भएको उक्त कार्यशालामा सातै प्रदेशका निजी विद्यालयमा कार्यरत पूर्व प्राथमिक तहका विज्ञहरू, नेपाल शिक्षक महासंघबाट सिफारिस भएका सामुदायिक तथा निजी विद्यालयका ईसिडी शिक्षकहरू, अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ नेपालका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

संस्थापक प्रिन्सिपलहरूको समेत उपस्थिति रहेको कार्यशालामा पूर्व प्राथमिक तह अन्तर्गत ३–४ वर्ष, ४–५ वर्ष र ५–६ वर्ष उमेर समूहका बालबालिकाका लागि आवश्यक पाठ्यक्रम तयार गरिएको छ ।

पाठ्यक्रम निर्माणपछि सहभागी विद्यालयका पूर्व प्राथमिक शिक्षकहरूलाई आवश्यक प्रशिक्षण दिई उक्त पाठ्यक्रमलाई विद्यालयमा लागू गरिने निर्णय कार्यशालाले गरेको छ ।

कार्यशालाको उद्देश्य शैक्षिक रूपान्तरणका लागि बालमैत्री, समावेशी र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रारम्भिक बालविकास स्तरमा गुणस्तरीय सिकाइ सुनिश्चित गर्नु रहेको आयोजक संस्थाहरूले बताएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ३३ बजे

नवरात्र : शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि

पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित

एजेन्सी – पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा

जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै राप्रपाका युवाले गरे मौन प्रदर्शन

काठमाडौं– राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा साङ्केतिक मौन प्रदर्शन गरेका

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

कञ्चनपुर– छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर