टीयू क्रिकेट रङ्गशालाको प्यारापिट ढलान सुरु | Khabarhub Khabarhub

टीयू क्रिकेट रङ्गशालाको प्यारापिट ढलान सुरु


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ ।

यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताए ।

रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ ।

पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये आज पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए ।

‘प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कङ्क्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ । रङ्गशालाको कङ्क्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो’, उनले भने, ‘रङ्गशालाको भू-बनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पिसीसी गरी ढलान गरिएको छ । पूर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ । सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ ।’

प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन् । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : ०४ बजे

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

कञ्चनपुर– छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान

आइतबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १