इन्द्रावती नदीमा सेनाले गर्‍यो उद्धार अभ्यास प्रदर्शन « Khabarhub

इन्द्रावती नदीमा सेनाले गर्‍यो उद्धार अभ्यास प्रदर्शन


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज यहाँको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ प्रदर्शन गरिएको छ ।
नेपाली सेनाको श्री नं २६ बाहिनी अड्डा भकुण्डेबेँसीद्वारा आयोजित उक्त पूर्वअभ्यास प्रदर्शनमा सेनाको श्री मेहर गण, त्रिनेत्रदल गण र श्री इन्द्रध्वज गणले सहभागिता जनाएका थिए ।

उक्त प्रदर्शनमा बाढीले बगाएका तथा घाइतेको विभिन्न कला एवं स्थानीय स्रोत–साधनद्वारा उद्धारका आठ वटा प्रदर्शन गरिएको थियो । यी प्रदर्शनमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन तथा प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताललगायत स्थानीय तहले सहभागिता जनाएका थिए ।

काठमाडौँ उपत्यका पृतनापति उपरथी विष्णु राउतले विपद्बाट सम्भावित क्षतिलाई रोक्न तथा न्यूनीकरण गर्न तालिम अभ्यास प्रभाविकारी हुने बताए । उनले अन्यभन्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिमम रहेकाले सबैपक्ष जोखिम न्यूनीकरणमा सतर्क रहनुपर्ने उल्लेख गरे ।

‘फर्स्ट रेस्पोन्डर घटनास्थल नजिकको समुदाय नै हो, समुदायलाई सचेतना गराइ यसबारे तालिमसमेत दिनुपर्छ’, उनले भने । बाहिनीपति निर्जलबहादुर अधिकारीले अव्यवस्थित बसोबासका कारण पनि विपद्को उच्च जोखिम बढ्दै गएको बताए ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सुरक्षाकर्मीले संयुक्तरुपमा बर्सेनी मनसुनअघि इन्द्रावती र सुनकोशी नदीमा पूर्वउद्धार प्रदर्शन गर्दै आएका छन् । रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : ४० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी