यु–१६ पुरुषको क्रिकेट राष्ट्रिय प्रतियोगिता कर्णालीमा हुने « Khabarhub

यु–१६ पुरुषको क्रिकेट राष्ट्रिय प्रतियोगिता कर्णालीमा हुने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– यू–१६ क्रिकेट राष्ट्रिय प्रतियोगिता जेठ १९ गतेदेखि ३१ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । 

२०२५ मा हुने एसीसी यू–१६ इष्ट जोन कप २०२५ लाई मध्यनजर राखेर प्रतियोगिता हुन लागेको हो । 

हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धि हासिल गरिरहेको र कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको र प्रतियोगिताले यस प्रदेशको आर्थिक गतिविधिसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्काले  बताए । 

‘यस प्रतियोगिताबाट यु–१६ को पुरुष टिमका लागि राष्ट्रिय खेलाडी छनौट गर्ने लक्ष्य राखिएको छ,’ उनले भने,‘सातै प्रदेशका खेलाडीहरूको सहभागिता रहनेछ ।’

खेल लिग चरणमा हुने, सातै प्रदेशबाट सहभागिता रहने र जम्मा २१ खेल हुने प्रतियोगिता संयोजक श्रीधर केसीले जानकारी दिए । 

उनका अनुसार सुर्खेतको कालिञ्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर मैदानमा खेल हुने छन् । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : ५९ बजे

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको