बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से  | Khabarhub Khabarhub

बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से 


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि भोलि बिहीबार (जेठ १५ गते) ल्याउँदै छ । त्यसको अघिल्लो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । 

नयाँ गभर्नर नियुक्ति पछि पनि राम्रो अंकले बढ्न नसकेको शेयर बजारमा बजेट आउने अघिल्लो दिन भने नेप्से १७.४४ अंकले बढेको छ । आज नेप्से ०.६५ प्रतिशतले बढेर २६९३ विन्दुमा पुगेको छ । 

नेप्सेको वृद्धिसहित कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
 
दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७७ हजार ३१६ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये ९ समूह बढेको छ भने बाँकी ४ समूह घटेको छ । आज सबैभन्दा बढी वाणिज्य बैंक समूह बढेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ४ : ०८ बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि