विपक्षीलाई गृहमन्त्रीको प्रश्न- मेरा विरुद्ध उजुरी छ ? | Khabarhub Khabarhub

विपक्षीलाई गृहमन्त्रीको प्रश्न- मेरा विरुद्ध उजुरी छ ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूमाथि कतै उजुरी छ भनेर प्रश्न गरेका छन् । भिजिट भिसामा आफूलाई मुछिएको प्रसंगमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले आफूमाथि कतै उजुरी नभएको भन्दै प्रश्न गरेका छन् ।

‘न्याय त मैले पनि पाउनुपर्ने होला नि ? मेरा विरुद्ध उजुरी छ ? मेरा विरुद्ध छानबिन भइराख्या छ ? यसरी राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी सम्भव होला ?’, उनले भने ।

उनले आफ्नो कार्यकाल अगाडि पनि तीन वटा गृहमन्त्रीको पालामा मन्त्रालयका कर्मचारीमाथि मुद्दा परेको तर, ती मन्त्रीले राजीनामा नदिएको उनले बताए ।

‘यस पूर्व तीन जना मेरा आदरणीय नेताले यो मन्त्रालय सम्हालेका त्यो बेलामा पनि यसैगरी प्रश्न उठेका थिए । तर, कति मन्त्रीले राजीनामा दिनुभयो कतिले दिनुभएन ?’, उनले भने । 

साथै उनले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्दा सम्बन्धित मन्त्रालयको नेतृत्वलाई नै जोड्ने हो र त्यो ढंगले जाने हो भने शासन व्यवस्था ठिक ढंगले नचल्ने समेत बताए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ३५ बजे

ट्रम्प-पुटिन-जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव

अङ्कारा– टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

चितवन– भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा

नजिकिँदै शेखर–गगन, ११ महिनापछि तोडियो संवादहीनता

काठमाडौं– नेपाली कांग्रेसको आगामी सभापतिका लागि छट्टाछुट्टै तयारी गरिरहेका डा.

बजेट बचाउमा यस्ता छन्‌ अर्थमन्त्रीका १० बुँदे

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब