स्वदेशमै केही  हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

स्वदेशमै केही  हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भने। 

उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एक दिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए ।

‘अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरू त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरूले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । –रासस

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ४० बजे

महानायकको कमब्याक फिल्मको पहिलो साताको व्यापार दुई करोड नाघ्यो

काठमाडौं – महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’

‘बजेटबारेको प्रतिक्रियाले खुसी छु, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि

अर्थमन्त्री पौडेलले भने- बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको

देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट तनहुँका एक सय घरपरिवार लाभान्वित

तनहुँ– आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको

देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट तनहुँका एक सय घरपरिवार लाभान्वित

तनहुँ– आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको