‘काठमाडौं कब्जा गर्ने’ बोली एमालेको हो : शंकर पोख्रेल « Khabarhub

‘काठमाडौं कब्जा गर्ने’ बोली एमालेको हो : शंकर पोख्रेल


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले केपी शर्मा ओली प्रधानमन्त्री मात्रै नभई एमालेका अध्यक्षसमेत रहेकाले पार्टीको नीतिसम्बन्धी विषयमा बोल्दा राज्यको नीति हो भनेर नबुझ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्नेलगायतका अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भमा आलोचित भएका ओलीलाई बचाउ गर्दै महासचिव पोख्रेलले उक्त अभिव्यक्ति नेकपा एमालेको भएको सङ्केत गरे ।

उनले एमाले मात्र नभई सबै राजनीतिक दलका प्रतिनिधिलाई जेठ १५ गते गणतन्त्र उत्सव मनाउन उपस्थित हुनुपर्ने बताए ।

बुधबार काठमाडौंमा प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन भएकाले उत्सवका रूपमा मनाउन लागिएको बताए । महासचिव पोखरेलले सांस्कृतिक झाँकीसहित उत्सव आयोजना हुने बताए ।

उनले यही व्यवस्था नै उन्नत भएको भन्दै एमालेको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रित भएकाले सबैलाई त्यसतर्फ केन्द्रित हुन आग्रह गरे । उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजान प्रस्ताव गरे ।

पोखरेलले भने, ‘हाम्रो कार्यक्रम कसैको विरोधका लागि होइन ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ४५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र