चलचित्र ‘महाभोज’ मा देखाइयो सहकारी पीडितका कथा « Khabarhub

चलचित्र ‘महाभोज’ मा देखाइयो सहकारी पीडितका कथा


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’मा सहकारी पीडितलाई देखाइएको छ । सो चलचित्रको निर्माण समूहद्वारा सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित विशेष प्रदर्शनीपछि सहकारी पीडितहरूले कथामा आफैलाई पाएको प्रतिक्रिया दिएका छन् ।

पहिलो रङ्गीन चलचित्र ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वास्तविकता हेरेझैँ लागेको बताइन् ।

उनले भनिन्, ‘चलचित्र हेरिरहँदा वास्तविकता हेरेझैँ लाग्यो । म आफैँ पनि एक सहकारीबाट पीडित भएका कारण आवाज उठाउने, अनसन बस्ने गरेकी थिएँ । यो चलचित्रले हामीजस्ता पीडितको आवाजलाई उजागर गरेको आभास भएको छ । मैले चलचित्र हेरिरहँदा देखाइएको पात्र र कथामा आफूलाई महसुस गरेँ ।’

अभिनेत्री सिंहझैँ अभिनेता तथा निर्देशक निश्चल बस्नेतले समसामयिक विषयलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिएकाले दर्शकले ‘महाभोज’ हेर्दा मनोरञ्जन पनि पाउने बताए ।

‘चलचित्रमा उठाइएको विषयवस्तुलाई न्यायपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । चलचित्र समसामयिक र गहन विषयमा भए पनि यो उत्तिकै रोचक छ । यसले आम दर्शकलाई कौतुहलता पैदा गराउँदै मनोरञ्जन दिन्छ भन्नेमा विश्वस्त छु’, निर्देशक बस्नेतले भने ।

सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनका क्रममा भोग्नुपरेको कठिनाइलाई चलचित्र ‘महाभोज’ मा प्रस्तुत गरिएको निर्देशक दिनेश राउतले बताए ।

‘सहकारीमा भएको रकम अपचलन र त्यसले समाजमा परिरहेको प्रभावलाई बुझ्दै गएपछि यो विषयलाई चलचित्रमा उठान गर्नुपर्छ भन्ने लाग्यो र चलचित्र तयार गरेको छु । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । हामी चलचित्रकर्मीको यो दायित्व पनि हो, किनकि हामीले बेतिथिलाई कलाका माध्यमले उजागर गर्नुपर्छ’, उनले भने ।

चलचित्रमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उनले बताए । निर्देशक राउतका अनुसार उक्त प्रदर्शनीमा सहकारी पीडित ६० व्यक्तिले चलचित्र हेरेका थिए ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन्  । –रासस

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ५३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम