गभर्नर नियुक्ति विरुद्धको रिटमा कारण देखाऊ आदेश « Khabarhub

गभर्नर नियुक्ति विरुद्धको रिटमा कारण देखाऊ आदेश


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्वनाथ पौडेललाई गरेको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । साथै, दुबै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।


न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले गभर्नर नियुक्ति प्रकरणमा कारण देखाऊ आदेश जारी गरेको हो । पौडेलको नियुक्ति बदर माग गर्दै अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलले सर्वोच्चमा मङ्गलबार रिट दायर गरेका थिए ।

दायर रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नर नियुक्ति गरिएको दाबी छ ।

प्रमुख सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले राजनीतिक भागबण्डाका आधारमा पौडेललाई जेठ ६ गते केन्द्रीय बैङ्कमा गभर्नर नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ५९ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको