गणतन्त्र दिवसको अवसरमा खुला दौड प्रतियोगिता | Khabarhub Khabarhub

गणतन्त्र दिवसको अवसरमा खुला दौड प्रतियोगिता


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चौतारा– अठारौँ गणतन्त्र दिवसका अवसरमा जिल्ला सदरमुकाम चौतारामा आज खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँच किलोमिटर खुल्ला पुरुष, पाँच किलोमिटरमा ४० वर्षमाथिका पुरुष र तीन किलोमिटर महिला खुला दौड प्रतियोगिता भएको हो ।

पाँच किमीअन्तर्गत खुला पुरुष दौडमा इन्द्रध्वज गणका सागर विक प्रथम, अमृत बयलकोटी द्वितीय र रामबहादुर सुनारी तृतीय भएका छन् । विक निर्धारित दूरी १८ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम भए  । बयलकोटीले १८ मिनेट ४४ सेकेन्डमा र सुनारीले १९ मिनेट सात सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय भएका हुन्।

पाँच किमीअन्तर्गत ४० वर्षमाथिका पुरुषतर्फ चौतारा साँगाचोकगढी नगरपालिका–१३ का दुर्गाप्रसाद ढुङ्गेलले २३ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम भए । सशस्त्र प्रहरीका राजु कोइरालाले २५ मिनेट ५२ सेकेन्ड र जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय भए।

तीन किमी महिला दौड प्रतियोगितामा चौतारा साँगाचोकगढी–७ की निमा तामाङले १७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम भइन् । चौतारा साँगाचोकगढी–७ कै स्मृति श्रेष्ठले १९ मिनेट ४४ सेकेन्डमा र समुना श्रेष्ठले २० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय भइन्।

आज भएको प्रतियोगितामा महिला तथा पुरुष गरी एक सय जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिए । 
 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ३४ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण