इजरायली आक्रमणमा हुथी नियन्त्रित अन्तिम विमान ध्वस्त | Khabarhub Khabarhub

इजरायली आक्रमणमा हुथी नियन्त्रित अन्तिम विमान ध्वस्त


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

साना – इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन् ।

हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण गरेको जनाएको छ ।

साना विमानस्थलका निर्देशक खालिद अल–शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम उडान विमान भएको बताएका छन् ।

हुथी अधिकारीहरूका अनुसार ११ दिनअघि इजरायली आक्रमणबाट छ वटा विमान जलेपछि विमानस्थलबाट मे १७ मा मात्र सीमित व्यावसायिक सेवा सुरु भएको थियो।

प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजमा आक्रमण गर्दै आएका छन् । हुथीको आक्रमणको बदलामा इजरायलका साथै संयुक्त राज्य अमेरिका र बेलायतबाट प्रतिशोधात्मक हमला भइरहेको छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जल लडाकू विमानले विमानस्थलमा हुथीलाई लक्षित गरी दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।

उनले भने, “एयर फोर्सका जेटविमानले सानाको विमानस्थलमा हुथी आतङ्कवादी सङ्गठनको आतङ्ककारी लक्ष्यमा आक्रमण गरेका छन् र बाँकी रहेका अन्तिम विमानलाई ध्वस्त पारेका छन् ।

इजरायली सेनाले जारी गरेको वक्तव्यमा हुथी आतङ्कवादी सङ्गठनले इजरायली राज्यविरुद्ध आतङ्कवादी हमला गर्ने आतङ्ककारीहरूको स्थानान्तरणका लागि त्यहाँको विमान प्रयोग गरेको उल्लेख गरिएको छ।

यमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो विमानमा साउदी अरबको मक्कामा वार्षिक हज यात्राका लागि जाने मुस्लिम हजयात्रीहरू लान उडानको तयारीका लागि विमानस्थलमा रहेको थियो।”

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : ३३ बजे

ट्रम्पलाई एकसाथ तीन ठूला झट्का, मस्कले छोडेसँगै सुरू भएको हो उल्टो गन्ती ?

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला आफ्नै देशभित्र आलोचना र

आईपीएलबाट बाहिरियो गुजरात, फाइनलमा पुग्न मुम्बईले पञ्जाबसँग खेल्ने

पञ्जाब-मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २०

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोजगारी र पर्यटनलाई प्राथमिकता

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक

अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ

काठमाडौं – मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब

रोहितको सानदार अर्धशतकसँगै मुम्बईले गुजरातलाई दियाे विशाल लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)२०२५ को इलिमिनेटरमा मुम्बई इन्डियन्सले