गाजाको विकराल अवस्थाः राहत लिन गएका १० जनाको इजरायली सेनाले लियो ज्यान « Khabarhub

गाजाको विकराल अवस्थाः राहत लिन गएका १० जनाको इजरायली सेनाले लियो ज्यान


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गाजा – गएको ४८ घण्टामा इजरायलले भोकमरीबाट बच्न राहत लिन गएको १० जना गाजाबासीको इजरायली सेनाले हत्या गरेको छ। गाजा ह्युमनेटेरियन फाउन्डेसनको राहत वितरण गर्न लाग्दा देखिएको भाग दौड र हारालुछको दृश्य सार्वजनिक भएपछि यसरी इजरायली सेनाले आक्रमण गरेको हो।

आक्रमणमा थप ६२ जना घाइते भएको सञ्चार माध्यमले बताएका छन्। प्यालेस्टाइन नियन्त्रित सञ्चार माध्यमले सो कुरा उल्लेख गरेका हुन्। तथापि कुन स्थानमा आक्रमण भएको थियो भन्ने यकिन भएको छैन।

मानव अधिकारवादीले यसलाई जघन्य अपराधको संज्ञा दिएका छन्। राहत वितरणका लागि खोलिने भनिएका चारमध्ये दुई केन्द्र खोलिसकेको बताइएको छ। यसरी केन्द्र स्थापन गरेर राहत वितरण गर्ने कामलाई राष्ट्र संघले निन्दा गरेको छ। राष्ट्र संघले इजरायलले गाजामा राहत वितरणमा गरेको असहयोगमा आपत्ति जनाएको छ।

यसअघि नै प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्र सङ्घीय नियोगले अमेरिकाको पहलमा भएको यो वितरणको आलोचना गर्दै राष्ट्र सङ्घसँग सहकार्य गर्दै राहत वितरण गर्न भनेको छ।

अहिले गाजाको समस्या राष्ट्र सङ्घको सुरक्षा परिषदमा पनि चर्चाको विषय बनेको छ। न्युयोर्कमा यस युद्धका बारे बोल्दै अमेरिका, फ्रान्स र बेलायतले इजरायलको राहत वितरणका बारे प्रश्न उठाएका छन्।

राष्ट्र सङ्घका लागि इजरायली दूत डेनी डेनोनले राष्ट्र संघले इजरायलमाथि गलत र झुटो आरोप लगाएको बताएका छन्। राष्ट्र सङ्घका मानवीय सहयोगका प्रमुख टम फ्लेटचरले इजरायलले नरसंहार गरेको आरोप लगाएपछि डेनोनले यो प्रतिक्रिया व्यक्त गरेका हुन्।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : १९ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर