मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई « Khabarhub

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बासर्सले जितेको छ ।

आर्दशनगर रङ्गशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन– ११ लाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

सुरुवाती ब्याटिङ गरेको टाइटन– ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ ओभर ३ बलमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि जितेको हो ।

विजेता टोलीलाई दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन– ११ लाई नगद दुई लाख रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : २७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर