आफ्नै पार्टीको आन्दोलनले सर्‍यो रेखाको डेब्यू नाटक ‘मीरा’ « Khabarhub

आफ्नै पार्टीको आन्दोलनले सर्‍यो रेखाको डेब्यू नाटक ‘मीरा’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाको डेब्यू नाटक ‘मीरा’को प्रिमियर शो सरेको छ । राजनीतिक कारण देखाएर यो नाटकको प्रदर्शन स्थगन गर्नु परेको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ ।

कान्तिपुर फिल्म एकेडेमीको थिएटर उद्घाटन र ‘मीरा’ नाटकको प्रिमियर बिहीबार एकसाथ हुने बताइएको थियो । तर काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादी र प्रमुख सत्तारुढ नेकपा एमाले कार्यक्रम रहेकाले नाटकको प्रदर्शन मिति सरेको हो ।

राप्रपासमेतका राजावादीको आन्दोलनले आमजनजीवन प्रभावित हुन सक्ने भन्दै ‘मीरा’को प्रिमियर जेठ १९ लाई सारिएको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ ।

ठूलो पर्दामा साढे दुई दशक अभिनय गरेपछि नायिका रेखा थापाले ‘मीरा’बाट नाटकमा डेब्यू गर्दैछन् ।

नाटक स्थगन हुनुमा रेखाको पार्टीको शक्ति प्रदर्शन पनि प्रमुख कारण रहेको एकेडेमीले जारी गरेको विज्ञप्तिबाट बुझ्न सकिन्छ ।

रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ हुन् । यही पार्टीबाट गत प्रतिनिधि सभा चुनावमा उनले मोरङ ३ बाट उम्मेद्वारी पनि दिएकी थिइन् ।

उनले बुधबार मात्रै भनेकी थिइन्, ‘कसैको जनजीवन र व्यवसाय प्रभावित हुन्छ भने त्यो आन्दोलन, आन्दोलन होइन ।’ बिहीबार भने उनको पहिलो नाटक आफ्नै पार्टीको आन्दोलनले रोकिएको सूचना सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १२ : ५९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी