‘सोना गुलाबी’ ढकमक्क फुलेपछि … « Khabarhub

‘सोना गुलाबी’ ढकमक्क फुलेपछि …


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाको वडा नं. ७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघ्ट्टा चिया बगानको चार बिगाहा क्षेत्रमा रहेको एक सय वटा ‘सोना गुलाबी’ रुख फूलेर राताम्य भएको छ ।

 हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएको कारण पर्यटकहरुको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन् । 

‘पहिले पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथिए’ उनी भन्छन्, ‘यसपाली मानिसहरू यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौँ । व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ ।’

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ले व्यापक चर्चा पाएसँगै केही स्थानीयवासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्बिर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओली बताउँछन् ।

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको र उनीहरू फोटो र भिडियो खिचाएर रमाउने गरेका छन् । 

मानिसहरूको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरू राखिदिएका छन् । 

सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दा समेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन् । 

घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरूको संख्या पनि उल्लेख्य रहेको बगान नजिक घर भएका शिक्षक जीआर धितालले बताए । 

‘यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरू ढकमक्क छन्,’ आदर्श माध्यमिक विद्यालयका उनी भन्छन्,’मनमोहक वातावरण भएकाले मानिसहरू घुमफिरका लागि आएका हुन् । यसलाई दिगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाइ र बस्ने चौतारोहरूको प्रबन्ध स्थानीय सरकारले गरिदिनु पर्छ ।’ रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ४७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी