गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै | Khabarhub Khabarhub

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमुत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमा झैँ सङ्क्रामक रोग देखिन छाडेको छ ।

दूध उत्पादन पनि वृद्धि भएको छ । ‘पम्परागत गोठमा पशु चौपायाको मलमुत्र व्यवस्थापन नहुँदा दुर्गन्धित हुन्थ्यो’, विष्टले भनिन्, ‘गोबर र मुत्र माटोमा मिसिँदा हिलाम्मे हुन्थ्यो, अहिले पहिले जस्तो छैन ।’

गोठमा मल एकातर्फ र मुत्र ट्याङ्कीमा जम्मा हुने बनाइएको छ । गोठ सुधारका लागि तराई भूपरिधि कार्यक्रम (ताल) र सामुदायिक वन समन्वय समिति (सिएफसिसी) कञ्चनपुरले आर्थिक सहयोगसँगै दक्ष प्राविधिक व्यवस्था गरी गोठ सुधार गरिएका हुन् । 

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार गणेशपुर गाउँका पशुपालक ६५ किसानको गोठ सुधार गरिएको हो ।

‘गोठ सुधारसँगै किसानलाई घाँस, चारो खुवाउन डुँड उपलब्ध गराएका छौँ’, उनले भने,’गोठमा लामखुट्टे, झिङ्गा, मुसा र परजीवीको समस्या हट्दा पशु मात्रै नभएर किसानलाई पनि सङ्क्रामक रोगको समस्या घटेको छ ।’

उनका अनुसार सुधारिएको गोठबाट सङ्कलित गोबर किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् । पशु चौपायाको मलमुत्रमा नाइट्रोजन, पोटासलगायत पूर्ति हुने भएकाले किसानहरू रासायनिक मल खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । 

‘गोठ सुधार गर्नु भनेको संरचना बनाउनु मात्रै होइन’, सामुदायिक वन समन्वय समितिका निर्मल भट्टले भने, ‘पशुपालन व्यवसायको समग्र उत्पादनशीलता वृद्धि र दिगोपन सुधार पनि हो ।’ रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ०६ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।