आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत « Khabarhub

आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार मुलुकमा करिब ९६.८५ प्रतिशतमा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ । 

आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको सो प्रतिवेदनमा २०८१ फागुनसम्ममा  ९६.८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको उल्लेख छ । 

‘२०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘विसं २०८१ असारसम्म यस्तो जनसङ्ख्या क्रमशः ९६.७५ प्रतिशत र २७.७६ प्रतिशत रहेको थियो ।’

चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएको र सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप दुई लाख पाँच हजार ५६९ जनसङ्ख्यामा खानेपानी सेवा विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणका लागि ७९६ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेकामा २०८१ फागुनसम्म ७६० किलोमिटर पाइपलाइन बिछ्याइ सकिएको छ ।

यसैगरी, काठमाडौँ उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४०० स्थानमा बर्सातको पानी सङ्कलन प्रविधि जडान भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको