सङ्घीय गणतान्त्रिक शासन प्रणाली उत्कृष्ट व्यवस्था : मुख्यमन्त्री कार्की « Khabarhub

सङ्घीय गणतान्त्रिक शासन प्रणाली उत्कृष्ट व्यवस्था : मुख्यमन्त्री कार्की


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली वैज्ञानिक सिद्धान्तमा आधारित उत्कृष्ट शासन व्यवस्था  भएको बताएका छन् ।
 
प्रदेश सरकारद्वारा गणतन्त्र दिवस–२०८२ को उपलक्ष्यमा आज आयोजित पत्रकार सम्मान तथा निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन सफल सहभागीहरूलाई पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले विद्यमान लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताए ।
 
पूर्वराजाका नाम भजाइ जन्मजात एवं वंशीय शासन प्रणालीका पक्षमा भ्रम सिर्जना गर्ने काम भइरहेकामा आपत्ति व्यक्त गर्दै उनले आफ्ना लागि आफैँले चुनेका जनप्रतिनिधिमार्फत शासन व्यवस्था सञ्चालन हुनपर्दछ भन्ने पक्षमा अहिले नेपाली जनता रहेको स्पष्ट गरे  ।
 
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हल्ला र भ्रमका भरमा  लोकतान्त्रिक शासन व्यवस्था कमजोर नहुने धारणा व्यक्त गर्दै यसअघिका असहज परिस्थितिमा जस्तै लोकतन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा कलम चलाउन सञ्चारकर्मीको ध्यानाकर्षण गरे ।
 
प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, आन्तरिक मामिला तथा तथा कानुनसचिव रामप्रसाद आचार्य, नेपाल पत्रकार महासङ्घ कोशीका सभापति भरत खड्का र मोरङ जिल्ला अध्यक्ष सुशीला पाठकसहित सम्मानित व्यक्तित्व चिन्तामणि दाहाल र यशोदा सेनेलगायतले  लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प नरहेको धारणा व्यक्त गरे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशस्तरीय पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस) कोशी प्रदेश प्रमुख मोहम्मद सदरुल, झापाका चिन्तामणि दाहाल, मोहनकाजी  न्यौपाने र विमल लामिछाने, धनकुटाका राजेश्वर श्रेष्ठ, सुनसरीकी यशोदा सेने र रासस मोरङ जिल्ला समाचारदाता मनोज दाहाललाई प्रमाणपत्रसहित जनही एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरे ।  

यसैगरी मुख्यमन्त्री कार्कीले प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा विजयी १० जनालाई सम्मानसहित पुरस्कृत गरे ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : १० बजे

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका

प्रधानमन्त्रीलाई आफ्नै गीतले पिरोल्यो, प्रतिपक्षीले भने, ‘हामीलाई जवाफ चाहियो सरकार’

कााठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा दिनभर प्रमुख प्रतिपक्षी नेपाली

भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित